चुनावमा असहयोग गर्ने नेतामाथि एमालेले थाल्यो कारबाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १३, २०८३
|
|
१२१ पटक हेरिएको
Shares
चुनावमा असहयोग गर्ने नेतामाथि एमालेले थाल्यो कारबाही

सारांश

  •   नेकपा एमालेले चुनावमा असहयोग गर्ने नेतामाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
  • पार्टी प्रदेश कमिटीका अध्यक्षहरू सम्मिलित समन्वय/परामर्श कमिटीको वैशाख १० गते बसेको बैठकले त्यसबारे निर्णय गरेको हो।
  • ‘अनुशासनको आधारमा मातहत कमिटीबाट कारबाहीमा परेका र निर्वाचनमा घोषितरुपमा अर्को पार्टीलाई सघाएका सदस्यहरूको बारेमा आवश्यक निर्णय लिने,’ महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेर तल्लो तहमा पठाएको ८ बुँदे निर्देशनमा भनिएको छ।

 

१३ वैशाख, काठमाडौं । 

नेकपा एमालेले चुनावमा असहयोग गर्ने नेतामाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। पार्टी प्रदेश कमिटीका अध्यक्षहरू सम्मिलित समन्वय/परामर्श कमिटीको वैशाख १० गते बसेको बैठकले त्यसबारे निर्णय गरेको हो।

‘अनुशासनको आधारमा मातहत कमिटीबाट कारबाहीमा परेका र निर्वाचनमा घोषितरुपमा अर्को पार्टीलाई सघाएका सदस्यहरूको बारेमा आवश्यक निर्णय लिने,’ महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेर तल्लो तहमा पठाएको ८ बुँदे निर्देशनमा भनिएको छ।  यस्तै, बैठकले मृत्यु भएका, पार्टी छोडेको घोषणा गरेका र दोहोरो पार्टीमा सदस्यता रेकर्ड भएकाहरूको नाम अध्यावधिक गरी नेकपा (एमाले)को सदस्यताको रेकर्डबाट नाम हटाउने निर्णय गरेको छ।  ‘पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवार भई प्रदेश र जिल्ला एवं मातहतका कमिटीको जिम्मेवारीबाट मुक्त भएका कमरेडहरूको नामावली संकलन गरी वैशाख मसान्तभित्र पठाउने,’ सो निर्णयमा भनिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?