Press 4K
मंगलबार, १८ कार्तिक २०८३
Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रदेश र स्थानीय सरकार संघीय सरकारका इकाइ होइनन् : मुख्यमन्त्री कँडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ९, २०८३
|
|
२१५ पटक हेरिएको
Shares
प्रदेश र स्थानीय सरकार संघीय सरकारका इकाइ होइनन् : मुख्यमन्त्री कँडेल

सारांश

  • कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार र स्थानीय सरकार संघीय सरकारका इकाइ नभएकाले उनीहरुले स्वायत्त रुपमा काम गर्न पाउने संवैधानिक व्यवस्था भएको बताएका छन् ।
  • नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिकोे छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले सबै तहका आफ्नो अधिकार क्षेत्र भएकोले संविधानत पालना गर्नुपर्ने बताए ।
  • सरकारी सञ्चार माध्यममा मात्र सरकारी विज्ञापन प्रकाशन÷प्रशारण गर्ने निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै मुख्यमन्त्रीसंग छलफल गरेको छ ।

 

९ वैशाख,सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार र स्थानीय सरकार संघीय सरकारका इकाइ नभएकाले उनीहरुले स्वायत्त रुपमा काम गर्न पाउने संवैधानिक व्यवस्था भएको बताएका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिकोे छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले सबै तहका आफ्नो अधिकार क्षेत्र भएकोले संविधानत पालना गर्नुपर्ने बताए ।

सरकारी सञ्चार माध्यममा मात्र सरकारी विज्ञापन प्रकाशन÷प्रशारण गर्ने निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै मुख्यमन्त्रीसंग छलफल गरेको छ । संविधान प्रदत्त अधिकार प्रयोग गर्न सबै तहका सरकार स्वतन्त्र भएको उनको भनाई छ । ‘प्रदेश र स्थानीय सरकार संघीय सरकारका इकाइ होइनन्’ उनले भने, ‘सबै तहका सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्न स्वतन्त्र छन् । सरकारी सञ्चार माध्यममा मात्र सरकारी विज्ञापन प्रकाशन तथा प्रशारण गर्ने गरेको परिपत्र संघीयताको मर्म विपरित भएको मूख्यमन्त्रीको भनाई छ ।

महासंघले गरेको आन्दोलनमा आफ्नो प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री कँडेलले वर्तमान सरकार जननिर्वाचित सरकार भएपनि सुरुवाती दिनहरु लोकतान्त्रिक हुन नसकेको बताए । ‘निर्वाचित निरंकुशता बहुत डरलाग्दो हुन्छ’ उनले भने, ‘संघीय सरकारका सुरुवाती त्यत्ति राम्रो देखिँदैँन ।’ प्रदेश सरकारमा संघीय सरकारको प्रशासनिक जनशक्तिको नेतृत्व हुँदा सरकारले गर्ने निर्णयहरु कार्यान्वयनमा कठिनाई भएको उनले बताए । संविधानलाई पालना गर्दै कानूनी शासनको प्रत्याभुती कर्णाली सरकारको प्राथमिकता भएको उनको भनाई छ । ‘प्रदेशसरकारको प्रशासनिक प्रमूख संघीय सरकारको प्रतिनिधि रहने व्यवस्थाले प्रदेश र स्थानीय तहलाई काम गर्न सहज छैन’ उनले भने, ‘प्रशासनिक प्रमूखलाई संविधान र कानून भन्दा पनि संघीय सरकारको परिपत्र प्रमूख मानेर अगाडि बढ्ने काम भइरहेको छ ।

लोकतन्त्रको बिकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र खुला अर्थ नीतिको पक्षमा महासंघले उठाएको आवाजमा आफुसंगै रहने प्रतिबद्धता जनाए ।सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन÷प्रशारण गर्ने गरी गत चैत १८ गते प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले सबै प्रदेश सरकार र स्थानीय सरकारहरुमा पत्राचार गरेपछि नेपाल पत्रकार महासंघले देशव्यापी आन्दोलन घोषणा गरेको छ । उक्त कार्यक्रम अन्तर्गत मुख्यमन्त्रीसंग छलफल गरिएको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
मधेश प्रदेश सभामुखमा यादवको नाममा सहमति
मधेश प्रदेश सभामुखमा यादवको नाममा सहमति
गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने
गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने
युवालाई २० लाखसम्म बिनाधितो कर्जा दिइने
युवालाई २० लाखसम्म बिनाधितो कर्जा दिइने
वेस्ट इन्डिजका शेरफन रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने
वेस्ट इन्डिजका शेरफन रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने
कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ सम्म काठमाडौँमा
कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ सम्म काठमाडौँमा
अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो : केपी शर्मा ओली
अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो : केपी शर्मा ओली
सुर्खेतमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
सुर्खेतमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
जेनजी’ आन्दोलनकोे कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य: डा. कोइराला
जेनजी’ आन्दोलनकोे कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य: डा. कोइराला
यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...