Press 4K
मंगलबार, ८ बैशाख २०८३

भुक्तानी ढिलासुस्ती अन्त्य गर्न सरकारको नीतिगत सुधार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
९७ पटक हेरिएको
Shares
भुक्तानी ढिलासुस्ती अन्त्य गर्न सरकारको नीतिगत सुधार

सारांश

  • विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी ढिलासुस्ती हटाउन सरकारले महत्वपूर्ण नीतिगत सुधार अघि बढाएको छ ।
  • सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (तेस्रो संशोधन) नियमावली, २०८३’ जारी गर्दै पुँजीगत बजेटको रकमान्तर गर्ने अधिकार सम्बन्धित मन्त्रालय तथा निकायका लेखा उत्तरदायी अधिकृत (सचिव वा प्रमुख) लाई प्रत्यायोजन गर्ने व्यवस्था गरेको हो ।
  • उक्त नियमावली वैशाख ७ गते नेपाल राजपत्रमा प्रकाशित भएसँगै लागू भएको छ ।

 

८ वैशाख,काठमाडौं ।

विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी ढिलासुस्ती हटाउन सरकारले महत्वपूर्ण नीतिगत सुधार अघि बढाएको छ । सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (तेस्रो संशोधन) नियमावली, २०८३’ जारी गर्दै पुँजीगत बजेटको रकमान्तर गर्ने अधिकार सम्बन्धित मन्त्रालय तथा निकायका लेखा उत्तरदायी अधिकृत (सचिव वा प्रमुख) लाई प्रत्यायोजन गर्ने व्यवस्था गरेको हो ।

उक्त नियमावली वैशाख ७ गते नेपाल राजपत्रमा प्रकाशित भएसँगै लागू भएको छ । यसअघि स–साना रकमान्तरका लागि पनि अर्थ मन्त्रालयमै फाइल पठाउनुपर्ने बाध्यता थियो, जसका कारण प्रक्रिया महिनौँसम्म लम्बिन्थ्यो । परिणामस्वरूप निर्माण व्यवसायीहरूले काम सम्पन्न गरेपछि पनि समयमै भुक्तानी पाउन नसक्ने अवस्था सिर्जना हुँदै आएको थियो । अर्थ मन्त्रालयका अनुसार नयाँ व्यवस्थापछि सम्बन्धित मन्त्रालय वा निकायले आफैं आवश्यक रकमान्तर गरी भुक्तानी प्रक्रिया अघि बढाउन सक्नेछन् । यसले प्रशासनिक झन्झट घटाउने र कामको गति बढाउने अपेक्षा गरिएको छ ।

नियमावलीले मूल नियमावली २०७७ को नियम १३१ मा संशोधन गर्दै उपनियम (१क) र (१ख) थप गरेको छ । उपनियम (१क) अनुसार अर्थ मन्त्रालयले आर्थिक कार्यविधि ऐनको दफा २०(३) बमोजिम पुँजीगत रकम रकमान्तर गर्ने अधिकार लेखा उत्तरदायी अधिकृतलाई दिन सक्ने व्यवस्था गरिएको छ । यद्यपि, अधिकारसँगै जिम्मेवारी पनि तोकिएको छ । उपनियम (१ख) ले प्रत्यायोजित अधिकारको प्रयोगको पूर्ण जवाफदेहिता सम्बन्धित लेखा उत्तरदायी अधिकृतमै रहने स्पष्ट पारेको छ । यसले रकमान्तर निर्णयमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने विश्वास गरिएको छ ।

सरकारी अधिकारीहरूका अनुसार यो सुधारले पुँजीगत खर्चको कार्यान्वयन दर बढाउने, निर्माण क्षेत्रलाई चलायमान बनाउने तथा बजारमा तरलता प्रवाह बढाई सुस्त अर्थतन्त्रलाई गति दिने अपेक्षा गरिएको छ । साथै, निर्माण व्यवसायीहरूलाई समयमै भुक्तानी सुनिश्चित हुने भएकाले विकास आयोजनाहरू समयमै सम्पन्न हुने सम्भावना पनि बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी
निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी
१ करोड ४२ लाखको सामग्रीसहित ट्रक नियन्त्रणमा
१ करोड ४२ लाखको सामग्रीसहित ट्रक नियन्त्रणमा
बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश
बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश
जलवायु परिवर्तनको असर न्यूनिकरणमा श्रममन्त्री भण्डारीको प्रतिवद्धता
जलवायु परिवर्तनको असर न्यूनिकरणमा श्रममन्त्री भण्डारीको प्रतिवद्धता
रविको बयान सकियो, परिवार र वकिलको जिम्मामा छाडियो
रविको बयान सकियो, परिवार र वकिलको जिम्मामा छाडियो
ताप्लेजुङ घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्यायो
ताप्लेजुङ घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्यायो
गर्मी बढेपछि सल्यानका दुई पालिकाले गरे विद्यालय बन्द
गर्मी बढेपछि सल्यानका दुई पालिकाले गरे विद्यालय बन्द
कास्कीमा डेङ्गीबाट तीन जनाको मृत्यु, ३७ सयबढी सङ्क्रमित
कास्कीमा डेङ्गीबाट तीन जनाको मृत्यु, ३७ सयबढी सङ्क्रमित
महोत्तरीकाे एक वस्तीमा भीषण आगलागी, १५० बढी घरगोठ जले
महोत्तरीकाे एक वस्तीमा भीषण आगलागी, १५० बढी घरगोठ जले
तत्काल कसैलाई कार्यवाहक दिने पक्षमा छैनन् देउवा
तत्काल कसैलाई कार्यवाहक दिने पक्षमा छैनन् देउवा

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...