यूएई जान लागेका नेपालीको पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई जना अध्यागमन अधिकृतमाथि कारबाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
३७५ पटक हेरिएको
Shares
यूएई जान लागेका नेपालीको पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई जना अध्यागमन अधिकृतमाथि कारबाही

सारांश

  • संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानी (पासपोर्ट) मा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाएको विषयमा अध्यागमन विभागले दुई जना अधिकृतलाई कारबाही गरेको छ।
  • प्रचलित कानुन र विभागीय निर्णयविपरीत गैरकानुनी अभ्यास गरेको भन्दै विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत दुई जना अध्यागमन अधिकृतहरूलाई जिम्मेवारीबाट हटाएको हो।
  • उनीहरुको विवरण भने खुलाइएको छैन ।

७ वैशाख,काठमाडौँ ।

संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानी (पासपोर्ट) मा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाएको विषयमा अध्यागमन विभागले दुई जना अधिकृतलाई कारबाही गरेको छ।

प्रचलित कानुन र विभागीय निर्णयविपरीत गैरकानुनी अभ्यास गरेको भन्दै विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत दुई जना अध्यागमन अधिकृतहरूलाई जिम्मेवारीबाट हटाएको हो। उनीहरुको विवरण भने खुलाइएको छैन । विमानस्थलबाट यूएई प्रस्थान गर्न लागेका नेपालीको राहदानीमा प्रस्थान छापसँगै  ‘रोजगारी पूर्ण रूपमा निषेध गरिएको छ’ भन्ने व्यहोरा लेखिएको फेला परेपछि यो विवाद बाहिर आएको थियो ।

सोही विषयमा सत्यतथ्य पत्ता लगाउन विभागले गत वैशाख ३ गते नै छानबिन समिति गठन गरेको थियो। अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले आज एक विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै पनि नीति वा निर्णय नभएको स्पष्ट पारेका छन् । नीतिगत व्यवस्थाभन्दा बाहिर गएर काम गर्ने दुई अधिकृतलाई विमानस्थलको जिम्मेवारीबाट तत्काल हटाइएको र उनीहरूमाथि थप आवश्यक छानबिन भइरहेको विभागले जनाएको छ।  अध्यागमन प्रशासनले आफ्ना कर्मचारीहरूलाई प्रचलित ऐन, नियम र विभागीय परिपत्र अनुसार मात्र कार्य सम्पादन गर्न सचेत गराउँदै यस्ता गैरकानुनी गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जनालाई पक्राउ
३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जनालाई पक्राउ
जथाभावी करार र अस्थायी कर्मचारी नहटाउन प्रधानमन्त्रीको निर्देशन
जथाभावी करार र अस्थायी कर्मचारी नहटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा सांसद साहको कटाक्ष- बत्ती झ्याप्प झ्याप्प निभाएर सरकारले पूरा देशलाई पनि डार्क मोडमा पुर्‍यायो
रास्वपा सांसद साहको कटाक्ष- बत्ती झ्याप्प झ्याप्प निभाएर सरकारले पूरा देशलाई पनि डार्क मोडमा पुर्‍यायो
दुई कम्युनिस्ट पार्टीबीच एकता, सुवेदीको संयोजकत्वमा नेकपा
दुई कम्युनिस्ट पार्टीबीच एकता, सुवेदीको संयोजकत्वमा नेकपा
कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच जना पक्राउ
कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच जना पक्राउ
विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
एमाले अखिलको अध्यक्षमा कडरिया, महासचिवमा धामीको नाम प्रस्ताव
एमाले अखिलको अध्यक्षमा कडरिया, महासचिवमा धामीको नाम प्रस्ताव
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
फिफाले हटायो एन्फामाथिको आर्थिक बन्देज
फिफाले हटायो एन्फामाथिको आर्थिक बन्देज
जुवा खेलिरहेको अवस्थामा काठमाडौँबाट २९ जना पक्राउ
जुवा खेलिरहेको अवस्थामा काठमाडौँबाट २९ जना पक्राउ