सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

यूएई जान लागेका नेपालीको पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई जना अध्यागमन अधिकृतमाथि कारबाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
३८४ पटक हेरिएको
Shares
यूएई जान लागेका नेपालीको पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई जना अध्यागमन अधिकृतमाथि कारबाही

सारांश

  • संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानी (पासपोर्ट) मा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाएको विषयमा अध्यागमन विभागले दुई जना अधिकृतलाई कारबाही गरेको छ।
  • प्रचलित कानुन र विभागीय निर्णयविपरीत गैरकानुनी अभ्यास गरेको भन्दै विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत दुई जना अध्यागमन अधिकृतहरूलाई जिम्मेवारीबाट हटाएको हो।
  • उनीहरुको विवरण भने खुलाइएको छैन ।

 

७ वैशाख,काठमाडौँ ।

संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानी (पासपोर्ट) मा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाएको विषयमा अध्यागमन विभागले दुई जना अधिकृतलाई कारबाही गरेको छ।

प्रचलित कानुन र विभागीय निर्णयविपरीत गैरकानुनी अभ्यास गरेको भन्दै विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत दुई जना अध्यागमन अधिकृतहरूलाई जिम्मेवारीबाट हटाएको हो। उनीहरुको विवरण भने खुलाइएको छैन । विमानस्थलबाट यूएई प्रस्थान गर्न लागेका नेपालीको राहदानीमा प्रस्थान छापसँगै  ‘रोजगारी पूर्ण रूपमा निषेध गरिएको छ’ भन्ने व्यहोरा लेखिएको फेला परेपछि यो विवाद बाहिर आएको थियो ।

सोही विषयमा सत्यतथ्य पत्ता लगाउन विभागले गत वैशाख ३ गते नै छानबिन समिति गठन गरेको थियो। अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले आज एक विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै पनि नीति वा निर्णय नभएको स्पष्ट पारेका छन् । नीतिगत व्यवस्थाभन्दा बाहिर गएर काम गर्ने दुई अधिकृतलाई विमानस्थलको जिम्मेवारीबाट तत्काल हटाइएको र उनीहरूमाथि थप आवश्यक छानबिन भइरहेको विभागले जनाएको छ।  अध्यागमन प्रशासनले आफ्ना कर्मचारीहरूलाई प्रचलित ऐन, नियम र विभागीय परिपत्र अनुसार मात्र कार्य सम्पादन गर्न सचेत गराउँदै यस्ता गैरकानुनी गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकैदिन तोलामा ४ हजार २ सय बढ्यो सुन, चाँदी हालसम्मकै उच्च
एकैदिन तोलामा ४ हजार २ सय बढ्यो सुन, चाँदी हालसम्मकै उच्च
अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, आज सार्वजनिक बिदा
अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, आज सार्वजनिक बिदा
राजनीतिक दल र जेनजीलाई विश्वासमा लिएरै सरकारले निर्वाचन सम्पन्न गर्छ: गृहमन्त्री अर्याल
राजनीतिक दल र जेनजीलाई विश्वासमा लिएरै सरकारले निर्वाचन सम्पन्न गर्छ: गृहमन्त्री अर्याल
स्थानीय आफैँले बनाउन थाले खोलामा पुल
स्थानीय आफैँले बनाउन थाले खोलामा पुल
बेपत्ता भएको १० दिनपछि डाक्टर कोइरालाको शव फेला
बेपत्ता भएको १० दिनपछि डाक्टर कोइरालाको शव फेला
जसपा मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
जसपा मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए
नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए
गायक आदित्य अजय   ‘कल्चरल नेशनल म्युजिक अवार्ड’बाट सम्मानित
गायक आदित्य अजय   ‘कल्चरल नेशनल म्युजिक अवार्ड’बाट सम्मानित
ओली–प्रचण्ड टेलिफोन संवाद, संसद्‍को अवरोध खुलाइदिन ओलीको आग्रह
ओली–प्रचण्ड टेलिफोन संवाद, संसद्‍को अवरोध खुलाइदिन ओलीको आग्रह
मन्त्री घिसिङ र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता
मन्त्री घिसिङ र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता