सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सिकारीको गोली लागेर युवकको मृ*त्यु, किशोरी घाइते, चार पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २, २०८३
|
|
६५८ पटक हेरिएको
Shares
सिकारीको गोली लागेर युवकको मृ*त्यु, किशोरी घाइते, चार पक्राउ

सारांश

  • प्युठानमा सिकारीले चलाएको गोली लागेर एक जना युवकको मृत्यु भएको छ ।
  • प्युठान प्रहरीका अनुसार सिकारीको गोली लागेर मृत्यु हुनेमा नौबहिनी गाउँपालिका–४ खबाङका १९ वर्षीय सुशील परियार रहेका छन् ।
  • गौमुखी गाउँपालिका–४ सुँङगुरखालस्थित जुपाल सामुदायिक वनमा सिकार खेल्न गएको समूहले जंगली जनावर (बँदेल) ठानेर गोली चलाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२ वैशाख, प्युठान ।

प्युठानमा सिकारीले चलाएको गोली लागेर एक जना युवकको मृत्यु भएको छ । प्युठान प्रहरीका अनुसार सिकारीको गोली लागेर मृत्यु हुनेमा नौबहिनी गाउँपालिका–४ खबाङका १९ वर्षीय सुशील परियार रहेका छन् । गौमुखी गाउँपालिका–४ सुँङगुरखालस्थित जुपाल सामुदायिक वनमा सिकार खेल्न गएको समूहले जंगली जनावर (बँदेल) ठानेर गोली चलाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका उनको उपचारका क्रममा ३० चैतमा मृत्यु भएको प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

घटनामा संलग्न मुख्य आरोपी गौमुखी–४ खलाबाङका २७ वर्षीय वीरेन्द्र केसीलाई ३० चैतमा नै पक्राउ गरिएको उनले बताए । उनीसँगै शिकार खेल्न गएका उनका भाइ विश्वास केसी, १९ वर्षीय रवी केसी र एक १५ वर्षीय बालकलाई पनि मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा प्रयोग गरिएका दुई थान भरुवा बन्दुकसमेत बरामद भएको भट्टराइले बताए । प्रहरीका अनुसार २९ चैतमा राति करिब पौने ११ बजे शिकार खेलेर फर्किने क्रममा जंगली जनावर भएको आशंकामा वीरेन्द्र केसीले गोली हानेका थिए ।  गोली लागेर सुशिल परियार र उनीसँगै रहेकी गौमुखी–४ की १८ वर्षीया किशोरी घाइते भएका थिए ।

घाइते दुवैलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल लगिएको थियो । थप उपचारका लागि लुम्बिनी सिटी हस्पिटल बुटवल पठाइएकोमा परियारको उपचारका क्रममा मृत्यु भएको हो । घाइते किशोरीको अवस्था भने अहिले खतरामुक्त रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनामाथि ज्यानसम्बन्धी कसुर र हातहतियार सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृतकका बुबा गाजिराम दमाईको जाहेरीका आधारमा पक्राउ परेका व्यक्तिहरूलाई प्युठान जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले कृषि मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै
रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले कृषि मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
नक्कली सुनको मूर्ती बेचेर २१ लाख ठगी, आरोपी पक्राउ
नक्कली सुनको मूर्ती बेचेर २१ लाख ठगी, आरोपी पक्राउ
संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न
संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न
आज सहिद दिवस, सहिदको बलिदान सम्झँदै देशभर श्रद्धाञ्जली कार्यक्रम
आज सहिद दिवस, सहिदको बलिदान सम्झँदै देशभर श्रद्धाञ्जली कार्यक्रम
भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन
भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै
आज विप्लवले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने
आज विप्लवले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीद्वारा सामूहिक अस्वीकार
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीद्वारा सामूहिक अस्वीकार
बालेन र सुदनविरुद्ध अखिलको जाहेरीबारे प्रहरीले २४ घण्टापछि जवाफ दिने
बालेन र सुदनविरुद्ध अखिलको जाहेरीबारे प्रहरीले २४ घण्टापछि जवाफ दिने