कांग्रेसलाई पूर्ण ‘डिजिटलाइज’ बनाउँछौं, पहिलेका अभिलेख हट्दैन : महामन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २, २०८३
|
|
१८१ पटक हेरिएको
Shares
कांग्रेसलाई पूर्ण ‘डिजिटलाइज’ बनाउँछौं, पहिलेका अभिलेख हट्दैन : महामन्त्री पौडेल

सारांश

  •   नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउन सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्न लागिएको बताएका छन् ।
  • बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी सदस्यहरूको क्षमता पहिचान गर्ने र उनीहरूलाई उचित जिम्मेवारी दिने उद्देश्यले डिजिटल नवीकरणको प्रक्रिया अगाडि बढाइएको बताए ।
  • महामन्त्री पौडेलले कुनैपनि व्यक्ति कुन मितिदेखि काँग्रेसको सदस्य भयो, उसको क्षमता के हो र उसले के जिम्मेवारी पाउँदा राम्रोसँग काम गर्नसक्छ भन्नेकुरामा पार्टी अब प्रविधिमार्फत जानकार रहने उल्लेख गरे ।

२ वैशाख, काठमाडौं । 

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउन सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्न लागिएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी सदस्यहरूको क्षमता पहिचान गर्ने र उनीहरूलाई उचित जिम्मेवारी दिने उद्देश्यले डिजिटल नवीकरणको प्रक्रिया अगाडि बढाइएको बताए । महामन्त्री पौडेलले कुनैपनि व्यक्ति कुन मितिदेखि काँग्रेसको सदस्य भयो, उसको क्षमता के हो र उसले के जिम्मेवारी पाउँदा राम्रोसँग काम गर्नसक्छ भन्नेकुरामा पार्टी अब प्रविधिमार्फत जानकार रहने उल्लेख गरे ।

सदस्यता अद्यावधिक गर्ने क्रममा पुराना सदस्यहरूको अभिलेख हटाउन लागिएको भन्ने कुरा सत्य नरहेको उनको भनाइ छ । ‘आजको डिजिटल युगमा काँग्रेसको सदस्यलाई पार्टीसँग डिजिटल्ली जोड्न खोजिएको हो । सदस्यको फोन नम्बर र अन्य जानकारी भएमा सदस्य–सदस्यबीच, विभिन्न तह र पार्टीबीच समन्वय गर्न सजिलो हुन्छ,’ पौडेलले भने, ‘पुराना अभिलेख हटाउन खोजिएको होइन, बरु त्यसलाई व्यवस्थित र सुरक्षित गर्न खोजिएको हो । को सदस्य कहिलेदेखि भयो र उसले कुन जिम्मेवारी निर्वाह गर्‍यो भन्ने सबैकुरा अब हाम्रो डिजिटल सिस्टममा नमेटिने गरी सुरक्षित रहनेछ ।’

पार्टीभित्रको एकता र अनुशासनका विषयमा चर्चा गर्दै पौडेलले निर्वाचनपछि जनमतको हिसावले पार्टी केही कमजोर देखिएकाले यतिबेला एकताको झन् बढी आवश्यकता रहेको महामन्त्री पौडेलले भने । ‘पार्टी कमजोर भएको बेला एकता कायम गर्न सकिएन भने झन् संकट आउँछ । त्यसैले नेतृत्वमा रहेका व्यक्तिहरूले सबैलाई समेटेर अगाडि बढ्न जरुरी छ,’ उनले भने । आगामी अधिवेशनलाई व्यवस्थित, विधिसम्मत र पूर्वाग्रहरहित ढंगले सम्पन्न गर्न वर्तमान नेतृत्व तयारी समितिको रूपमा क्रियाशील रहेको उनले जानकारी दिए ।  महामन्त्री पौडेलले अधिवेशन सफल बनाउन, सदस्यता अद्यावधिक गर्न र पार्टीले सार्वजनिक गरेको क्यालेण्डर कार्यान्वयन गर्न सम्पूर्ण नेता–कार्यकर्तालाई सहयोगको अपिल पनि गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर
दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर
शिक्षा विधेयक सके सहमतिमा नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभासम्म पुर्‍याऊँ : सुमना श्रेष्ठ
शिक्षा विधेयक सके सहमतिमा नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभासम्म पुर्‍याऊँ : सुमना श्रेष्ठ
‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम
‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम
टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु
टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु
बारामा प्रधानाध्यापकको हत्या आरोपमा एक महिला पक्राउ
बारामा प्रधानाध्यापकको हत्या आरोपमा एक महिला पक्राउ
भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्वारा अस्विकार
भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्वारा अस्विकार
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
आइसिसी यू-१९ महिला विश्वकप : अस्ट्रेलियाविरूद्ध फिल्डिङ गर्दै नेपाल
आइसिसी यू-१९ महिला विश्वकप : अस्ट्रेलियाविरूद्ध फिल्डिङ गर्दै नेपाल
सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने
सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने