Press 4K
मंगलबार, ९ भाद्र २०८३

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २६, २०८२
|
|
२५० पटक हेरिएको
Shares
इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

सारांश

  • संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै स्थिति पुनः बिग्रिएपछि इरानले तेल आयातका लागि महत्त्वपूर्ण मानिने स्ट्रेटअफ हर्मुज जलमार्ग पूर्णरुपमा बन्द गरेको छ ।
  • लेबनानमा इजरायलले गरेको भीषण आक्रमणको प्रतिक्रियास्वरूप इरानले यो कदम चालेको हो ।
  • यससँगै तेल बोकेका ट्यांकरहरु बीच बाटोबाटै फर्किएका छन् ।

 

२६ चैत,काठमाडौं ।

संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै स्थिति पुनः बिग्रिएपछि इरानले तेल आयातका लागि महत्त्वपूर्ण मानिने स्ट्रेटअफ हर्मुज जलमार्ग पूर्णरुपमा बन्द गरेको छ । लेबनानमा इजरायलले गरेको भीषण आक्रमणको प्रतिक्रियास्वरूप इरानले यो कदम चालेको हो । यससँगै तेल बोकेका ट्यांकरहरु बीच बाटोबाटै फर्किएका छन् ।

इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द भएपछि खाडी क्षेत्रबाट बाहिर निस्कन लागेका थुप्रै तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किन र पर्सियन खाडीको भित्री भागमै रहन बाध्य भएका छन् । यसअघि, अमेरिका र इरानबीच मंगलबार भएको दुई हप्ता लामो युद्धविरामपछि बुधबार बिहान ग्रीसको बल्क क्यारियर एनजे अर्थ र लाइबेरियाको झण्डा बोकेको डेटोना बीच नामका दुई जहाजले पहिलो पटक यो जलमार्ग पार गरेका थिए । मरिन ट्राफिकको तथ्याङ्कले ती जहाजहरूले यात्रा सुरु गरेको देखाएको थियो ।

तर, इजरायलले लेबनानभरि गरेको ठूलो स्तरको हवाई आक्रमणमा कम्तीमा २५४ जनाको मृत्यु भएपछि स्थिति अचानक तनावपूर्ण बनेको हो । इरानको अर्ध–सरकारी समाचार एजेन्सी फार्सका अनुसार, लेबनानमा भएको आक्रमणको विरोधमा इरानले हर्मुज जलसन्धिबाट हुने सम्पूर्ण तेल ट्याङ्करको आवतजावत रोकिदिएको छ ।
सिपिङ एनालिटिक्स फर्म केप्लरको रिपोर्ट अनुसार, मंगलबारसम्म यस क्षेत्रमा १८७ वटा तेल ट्याङ्करसहित १,००० भन्दा बढी जहाजहरू पालो पर्खिरहेका थिए । सामान्य अवस्थामा पनि यति धेरै जहाजहरूलाई त्यहाँबाट बाहिर निस्कन दुई हप्ताभन्दा बढी समय लाग्ने बताइएको छ ।

यसैबीच, इरानको पोट्र्स एण्ड म्यारिटाइम अर्गनाइजेसनले बुधबार एक सुरक्षित नेभिगेसन चार्ट जारी गरेको छ । जसमा सबै जहाजहरूलाई बारुदी सुरुङको जोखिमबाट बच्नका लागि तोकिएको मार्ग कडाइका साथ पालना गर्न सचेत गराइएको छ । विश्वको कुल तेल आपूर्तिको ठूलो हिस्सा यही जलसन्धि भएर जाने भएकाले यसको बन्दले विश्वव्यापी तेल बजार र आपूर्ति शृङ्खलामा गम्भीर असर पर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित
राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित
गण्डकी प्रदेशसभा आधा घण्टाका लागि स्थगित
गण्डकी प्रदेशसभा आधा घण्टाका लागि स्थगित
रुपन्देहीमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना गम्भीर
रुपन्देहीमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना गम्भीर
प्राथमिक तह तृतीय श्रेणीका ४४६२ शिक्षकका लागि विज्ञापन खुला
प्राथमिक तह तृतीय श्रेणीका ४४६२ शिक्षकका लागि विज्ञापन खुला
भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन अघि बढाउँछौँ : प्रचण्ड
भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन अघि बढाउँछौँ : प्रचण्ड
सर्वोच्चको अन्तरिम आदेशले रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया
सर्वोच्चको अन्तरिम आदेशले रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया
एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ
एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ
भारतीय संसद् भवन परिसरमा सांसदबीच झडप
भारतीय संसद् भवन परिसरमा सांसदबीच झडप
नेपालगञ्जमा गोली चलाएर प्रहरीले समात्यो खैरो हेरोइन कारोबारी
नेपालगञ्जमा गोली चलाएर प्रहरीले समात्यो खैरो हेरोइन कारोबारी
अर्थमन्त्रीको राजीनामा माग्दै मधेश प्रदेशसभामा अवरोध
अर्थमन्त्रीको राजीनामा माग्दै मधेश प्रदेशसभामा अवरोध

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...