हरिवनमा डाइभर्सन बगाउँदा अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग पुन: सञ्चालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २६, २०८२
|
|
३९० पटक हेरिएको
Shares
हरिवनमा डाइभर्सन बगाउँदा अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग पुन: सञ्चालन

सारांश

  •   पूर्व- पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनस्थित चापिनी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा बिहीबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको छ ।
  • बुधबार राति परेको भारी वर्षापछि आएको बाढीले हरिवनको तीनघरे र बासाटोलबीच पर्ने चापिनी खोलाको डाइभर्सन बगाएपछि बिहान करिब ४ बजेदेखि यातायात पूर्ण रूपमा ठप्प भएको थियो ।
  • राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने काम भइरहेका कारण पुरानो पुल मर्मत र नयाँ पुल निर्माण सँगसँगै चलिरहेको छ ।

२६ चैत, सर्लाही । 

पूर्व- पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनस्थित चापिनी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा बिहीबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको छ । बुधबार राति परेको भारी वर्षापछि आएको बाढीले हरिवनको तीनघरे र बासाटोलबीच पर्ने चापिनी खोलाको डाइभर्सन बगाएपछि बिहान करिब ४ बजेदेखि यातायात पूर्ण रूपमा ठप्प भएको थियो ।

राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने काम भइरहेका कारण पुरानो पुल मर्मत र नयाँ पुल निर्माण सँगसँगै चलिरहेको छ । निर्माण अवधिमा सवारी आवतजावतका लागि डाइभर्सन प्रयोग हुँदै आएको थियो । डाइभर्सन बगाएसँगै पुरानो पुलको मर्मत कार्य तत्काल रोकिएको प्रहरीले जनाएको छ । त्यसपछि सोही पुलमार्फत सवारी सञ्चालन गर्न माटो भर्ने तथा अस्थायी मर्मतको काम थालिएको थियो । प्रहरीका अनुसार बिहान करिब साढे ८ बजेपछि पुरानो पुलमा माटो हालेर सवारी सञ्चालन पुन: सुञ्चालन गरिएको छ । अहिले राजमार्ग खुलेसँगै रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ अघि बढेका छन् । भारी वर्षाका कारण खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा केही घण्टा राजमार्ग अवरुद्ध बनेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री ओमप्रकाश अर्यालका १०० दिनः जेनजी राहतदेखि निर्वाचन तयारीसम्म
गृहमन्त्री ओमप्रकाश अर्यालका १०० दिनः जेनजी राहतदेखि निर्वाचन तयारीसम्म
बाढीले डाइभर्सन भत्काउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बाढीले डाइभर्सन भत्काउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
एसीसी यु- १६ : सिंगापुरमाथि नेपालको सहज जित, प्रसिद्धले बनाए अर्धसतक
एसीसी यु- १६ : सिंगापुरमाथि नेपालको सहज जित, प्रसिद्धले बनाए अर्धसतक
टीआरसीमा पुनर्नियुक्ति माग्दै प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुला पत्र
टीआरसीमा पुनर्नियुक्ति माग्दै प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुला पत्र
सुनचाँदीका मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीका मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित
नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित
प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, यस्ता छन् छलफलका एजेन्डा
प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, यस्ता छन् छलफलका एजेन्डा
कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित
कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित
साउदीमा मृत्यु भएका लहेरीको परिवारलाई १० लाख सहयोग
साउदीमा मृत्यु भएका लहेरीको परिवारलाई १० लाख सहयोग
जय ट्रफी फाइनल : १०३ रनको लक्ष्य पछ्याएको आर्मी लड्खडाउँदै
जय ट्रफी फाइनल : १०३ रनको लक्ष्य पछ्याएको आर्मी लड्खडाउँदै