Press 4K
बुधबार, ३१ आषाढ २०८३

विद्यमान ऐन कानूनका कारण मधेश प्रदेश पछाडि परेको छ : मुख्यमन्त्री यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २४, २०८२
|
|
१६८ पटक हेरिएको
Shares
विद्यमान ऐन कानूनका कारण मधेश प्रदेश पछाडि परेको छ : मुख्यमन्त्री यादव

सारांश

  • मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले मधेश प्रदेश हरेक क्षेत्रमा पछाडि पर्नुको एक कारण ऐन कानून रहेको धारणा राखेका छन् ।
  • मंगलबार जनकपुरधाममा आयोजित नेपाल अद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सातौ प्रदेश सभा तथा निर्वाचन कार्यक्रमको द्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री यादवले केन्द्र र प्रदेशमा विद्यमान विभिन्न ऐन र कानुनका कारण मधेश प्रदेशमा नयाँ उद्योग व्यवसाय स्थापना हुन नसकेको बताए ।
  • उनले मधेश प्रदेशमा कुनैपनि प्राकृतिक स्रोत साधन नभएका कारण कुनै उद्योग स्थापना गर्नका लागि विदेशी पुँजीको आवश्यकता रहेको बताए ।

 

२४ चैत,जनकपुर ।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले मधेश प्रदेश हरेक क्षेत्रमा पछाडि पर्नुको एक कारण ऐन कानून रहेको धारणा राखेका छन् । मंगलबार जनकपुरधाममा आयोजित नेपाल अद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सातौ प्रदेश सभा तथा निर्वाचन कार्यक्रमको द्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री यादवले केन्द्र र प्रदेशमा विद्यमान विभिन्न ऐन र कानुनका कारण मधेश प्रदेशमा नयाँ उद्योग व्यवसाय स्थापना हुन नसकेको बताए ।

उनले मधेश प्रदेशमा कुनैपनि प्राकृतिक स्रोत साधन नभएका कारण कुनै उद्योग स्थापना गर्नका लागि विदेशी पुँजीको आवश्यकता रहेको बताए । त्यसमा पनि सरकारको ऐन र कानुनले उद्यागीहरुको पुँजीबाट आम्दानी हुने निश्चितता नरहेको मुख्यमन्त्री यादवको भनाई थियो ।मुख्यमन्त्री यादवले मधेश प्रदेश सबैभन्दा बढि जनसंख्या भएको प्रदेश भएपनि राजस्व बाँडफाँटको समयमा समानिकरण बजेट भने न्यून आउने गरेको गुनासो गरे ।उनले ६५ लाख जनसंख्या भएको मधेश प्रदेशमा जम्मा १२ अर्व समानिकरण अनुदान दिनु र १६ लाख मात्र जनसंख्या भएको कर्णाली प्रदेशमा २२ अर्व समानिकरण अनुदान बजेट दिनु विभेद भएको जानकारी दिए ।

 

मुख्यमन्त्री यादवले बालेन नेतृत्वको सरकारले घोषणा गरेजस्तै प्रदेशलाई बलियो बनाउन आवश्यक अधिकार र बजेट प्रदान गर्नेमा आशावादी रहेको बताए । मुख्यमन्त्री यादवले अब आउने बजेट वास्तविकताको आधारमा निर्माण गरिने जानकारी दिए । उनले अब निर्माण हुने बजेटमा विभिन्न क्षेत्रमा विद्यमान समस्याहरुको अध्ययन गरेर आवश्यक बजेट छुट्याउने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानसँग सम्बन्धित सम्झौताहरूको अध्ययनमा कार्यदल
संविधानसँग सम्बन्धित सम्झौताहरूको अध्ययनमा कार्यदल
अर्थसहित संसदका ८ समितिको बैठक बस्दै
अर्थसहित संसदका ८ समितिको बैठक बस्दै
धनुषाका वरिष्ठ सई निलम्बित, डीआईजी थपलियाको नाम बदनाम गरेको आरोप
धनुषाका वरिष्ठ सई निलम्बित, डीआईजी थपलियाको नाम बदनाम गरेको आरोप
१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा कार्यान्वयन चरणमा
१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा कार्यान्वयन चरणमा
बेगनास तालमा बेपत्ता व्यक्तिको खोजीमा गोताखोर टोली परिचालन
बेगनास तालमा बेपत्ता व्यक्तिको खोजीमा गोताखोर टोली परिचालन
महिला न्यायाधीशहरू न्याय प्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
महिला न्यायाधीशहरू न्याय प्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
झापामा करेन्ट लागेर एक जनाको मृ*त्यु
झापामा करेन्ट लागेर एक जनाको मृ*त्यु
नेप्सेको सीईओ नियुक्तिका लागि समिति गठन
नेप्सेको सीईओ नियुक्तिका लागि समिति गठन
पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन
पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...