Press 4K
बिहिबार, २० कार्तिक २०८३
Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मुग्लिन–नागढुंगा सडक तीन दिनसम्म रातको समयमा बन्द हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १७, २०८२
|
|
९१ पटक हेरिएको
Shares
मुग्लिन–नागढुंगा सडक तीन दिनसम्म रातको समयमा बन्द हुने

सारांश

  • मुग्लिन–नागढुंगा सडक आजदेखि तीन दिनसम्म रातको समयमा बन्द हुने भएको छ ।
  • चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिरलगायतका स्थानमा सडक स्तरोन्नतिको कार्य भइरहेका कारण रातको समयमा सडकखण्ड बन्द गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङले जानकारी दिए ।
  • आजदेखि तीन दिनसम्म राति १० बजे देखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक स्तरोन्नतिको काम तीव्र रुपमा गर्ने जानकारी दिएका हुन् ।

१७ चैत,काठमाडौं ।

मुग्लिन–नागढुंगा सडक आजदेखि तीन दिनसम्म रातको समयमा बन्द हुने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिरलगायतका स्थानमा सडक स्तरोन्नतिको कार्य भइरहेका कारण रातको समयमा सडकखण्ड बन्द गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङले जानकारी दिए ।

आजदेखि तीन दिनसम्म राति १० बजे देखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक स्तरोन्नतिको काम तीव्र रुपमा गर्ने जानकारी दिएका हुन् । उनले भने,‘अहिले चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिर लगायतका स्थानमा सडक स्तरोन्नतिको कार्य भइरहेको छ । त्यही कारणले आज देखि तीन दिनसम्म राति १० बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरेर तीव्र रुपमा काम अगाडि बढाउन लागेका हौं ।’ त्यस्तै उनले पटक–पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको पनि जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...