१३ चैत्र २०८२, शुक्रबार

अमरेश सिंह पनि मन्त्री बन्दै

१३ चैत,काठमाडौं ।

बालेन शाह नेतृत्वको सरकारमा अमरेस कुमार सिंह पनि मन्त्री बन्ने भएका छन् । उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको स्रोतले बतायो ।

२१ फागुनको निर्वाचनमा उनले नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ मा हराएका थिए । २०७० र २०७४ मा कांग्रेसबाट निर्वाचित उनी २०७९ मा स्वतन्त्र उठेर सांसद बनेका थिए ।

Post Comment

छुटाउनुभयो कि ?