राष्ट्रपति रामचन्द्र पौडेल आज महोत्तरी आउनु हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३, २०८०
|
|
३३ पटक हेरिएको
Shares
राष्ट्रपति रामचन्द्र पौडेल आज महोत्तरी आउनु हुँदै

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेल शनिवार बिहान महोत्तरी आउने भएका छन् ।
  • राष्ट्रपति पौडेलको महोत्तरीमा सालिक तथा शहीदको प्रतिमामा माल्यार्पण,अनावरण सहित धार्मिक स्थलमा विशेष पूजा अर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
  • पिपरा गाउँपालिका स्थित स्व.

३ चैत, जलेश्वर। राष्ट्रपति रामचन्द्र पौडेल शनिवार बिहान महोत्तरी आउने भएका छन् ।

राष्ट्रपति पौडेलको महोत्तरीमा सालिक तथा शहीदको प्रतिमामा माल्यार्पण,अनावरण सहित धार्मिक स्थलमा विशेष पूजा अर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ । पिपरा गाउँपालिका स्थित स्व.रामनारायण मिश्रको सालिकमा माल्यार्पण गर्नु हुँदै  राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरी सदरमुकाममा जलेश्वर पुगेर १२ महिना जलमा विराजमान रहनु हुने जलेश्वरनाथ महादेव मन्दिरमा दर्शन तथा विशेष पूजा अर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

त्यसैगरि जलेश्वर नगरपालिका –५ चौरियामा नव निर्मित उद्यान को समुद्घाटन तथा प्रजातान्त्रिक योद्धा स्व.गणेश नेपालीको प्रतिमा अनावरण कार्यक्रम र सम्बोधन पश्चात् महोत्तरीको मटिहानी स्थित श्री राम माध्यमिक विद्यालयमा स्थित स्व. केशव कोइरालाको प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको छ । सँगै धार्मिक धरोहर स्थलको रूपमा परिचित मटिहानीको लक्ष्मी नारायण मठमा पूजा अर्चना गर्नुका साथै संस्कृत विद्यालय मटिहानीको अवलोकन भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ। मटिहानीमा मै राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसका साथै मटिहानी नगरपालिकाले नागरिक अभिनन्दन गर्दै राष्ट्रपतिलाई भव्य स्वागत गरिने मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डलले बताउनु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय
४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय
१८ महिनाअघि त्रिशूलीमा खसेको बसको अवशेष फेला
१८ महिनाअघि त्रिशूलीमा खसेको बसको अवशेष फेला
भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा
भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा
इटहरीस्थित पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी
इटहरीस्थित पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी
नौं सय रुपैयाँले घट्यो सुनको मूल्य 
नौं सय रुपैयाँले घट्यो सुनको मूल्य 
कार्यकारी राष्ट्रपतिका पक्षमा उभिए हर्क साम्पाङ
कार्यकारी राष्ट्रपतिका पक्षमा उभिए हर्क साम्पाङ
नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी
नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी
बागमती प्रदेशसभाको बैठक आज
बागमती प्रदेशसभाको बैठक आज
बालेन र हर्कले ल्याउन सकेनन् बजेट, २२ नगरपालिका पनि उस्तै
बालेन र हर्कले ल्याउन सकेनन् बजेट, २२ नगरपालिका पनि उस्तै
निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना फिल्डमा, ८० हजार जनशक्ति परिचालन हुने
निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना फिल्डमा, ८० हजार जनशक्ति परिचालन हुने