जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु: ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २८, २०८२
|
|
३५ पटक हेरिएको
Shares
जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु: ओली

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको बताएका छन्।
  •  बिहीबार सामाजिक सञ्जालमा उनले जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका हुन्।
  • ‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ।

२८ फागुन, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा उनले जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका हुन्।

‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन,’ झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग पराजित ओलीले भनेका छन् ‘लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।’ उनले अहिलेको कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर एमालेको पक्षमा उभिने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।

‘यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो,’ ओलीले भनेका छन्।

उनले अगाडि भनेका छन्, ‘निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन। हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दश अनलाइन मिडियामाथि प्रेस काउन्सिलको प्रतिबन्ध
दश अनलाइन मिडियामाथि प्रेस काउन्सिलको प्रतिबन्ध
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
गरगहना चोरीको अभियोगमा दुई जना पक्राउ
गरगहना चोरीको अभियोगमा दुई जना पक्राउ
राष्ट्रिय मुक्ति पार्टी नेपालको ५९ सदस्यीय राजनीति समिति गठन
राष्ट्रिय मुक्ति पार्टी नेपालको ५९ सदस्यीय राजनीति समिति गठन
बैंकिङ कसुरमा २ करोड ५० लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ
बैंकिङ कसुरमा २ करोड ५० लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ
बाढीले बागमती खोलाको डाइभर्सन बगायो, कान्ति लोकपथ अवरुद्ध
बाढीले बागमती खोलाको डाइभर्सन बगायो, कान्ति लोकपथ अवरुद्ध
डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार नाघ्यो, १२ जनाको मृत्यु
डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार नाघ्यो, १२ जनाको मृत्यु
माओवादी स्थायी समितिको बैठक बस्दै
माओवादी स्थायी समितिको बैठक बस्दै
कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृ*त्यु
कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृ*त्यु
वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ
वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ