अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २८, २०८२
|
|
३१ पटक हेरिएको
Shares
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने

सारांश

  • अमेरिकासँग बढ्दो तनावका कारण इरानले सन् २०२६ को फिफा विश्वकपमा सहभागी नहुने जनाएको छ ।
  • इरानका खेलकुद मन्त्री अहमद दुन्यामालीले अमेरिकी आक्रमणमा देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरिएको आरोप लगाउँदै यस्तो परिस्थितिमा विश्वकपमा सहभागी हुन नसकिने बताएका हुन् ।
  • उनले राज्य टेलिभिजनसँगको कुराकानीमा भने, “अमेरिकाले हाम्रो नेताको हत्या गरेको अवस्थामा हामी कुनै हालतमा विश्वकपमा सहभागी हुन सक्दैनौं ।

२८ फागुन,काठमाडौं ।

अमेरिकासँग बढ्दो तनावका कारण इरानले सन् २०२६ को फिफा विश्वकपमा सहभागी नहुने जनाएको छ । इरानका खेलकुद मन्त्री अहमद दुन्यामालीले अमेरिकी आक्रमणमा देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरिएको आरोप लगाउँदै यस्तो परिस्थितिमा विश्वकपमा सहभागी हुन नसकिने बताएका हुन् । उनले राज्य टेलिभिजनसँगको कुराकानीमा भने, “अमेरिकाले हाम्रो नेताको हत्या गरेको अवस्थामा हामी कुनै हालतमा विश्वकपमा सहभागी हुन सक्दैनौं ।”

फेब्रुअरी २८ देखि अमेरिका र इजरायल एकातिर तथा इरान अर्कोतिरबीच द्वन्द्व चर्किएको छ । यस द्वन्द्वले पश्चिम एशियाली क्षेत्र मात्र नभई विश्व ऊर्जा आपूर्ति श्रृंखलामा समेत असर पु¥याएको छ । मन्त्री दुन्यामालीले हालको अवस्थामा देशका नागरिक तथा खेलाडीको सुरक्षा सुनिश्चित नभएको भन्दै विश्वकपमा सहभागिताका लागि आवश्यक वातावरण नै नरहेको बताए । उनले पछिल्लो केही महिनामा युद्धका कारण हजारौँ इरानी नागरिक मारिएको दाबी पनि गरेका छन् ।

सन् २०२६ को फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् । प्रतियोगिता जुन ११ देखि सुरु भएर जुलाई १९ मा फाइनल खेलसहित सम्पन्न हुनेछ । इरानको समूह चरणका सबै खेल अमेरिकाका शहरहरू लस एन्जलस र सियाटल लगायतमा हुने तालिका छ । यद्यपि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी टोलीलाई प्रतियोगितामा स्वागत गर्ने बताएका छन् ।

तर इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले हालको परिस्थितिमा इरानले विश्वकपलाई आशाका साथ हेर्न नसक्ने बताएका छन् । एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इनिसा हत्या प्रकरणको थप अनुसन्धान सीआईबीले गर्ने
इनिसा हत्या प्रकरणको थप अनुसन्धान सीआईबीले गर्ने
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन
नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्धार
नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्धार
कसरी सुरु भयो सोमबार व्रत बस्ने चलन ?
कसरी सुरु भयो सोमबार व्रत बस्ने चलन ?
रामेछापमा नेकपाका श्रेष्ठको अग्रता कायमै
रामेछापमा नेकपाका श्रेष्ठको अग्रता कायमै
एनपिएलमा बिजेता र उपबिजेता शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
एनपिएलमा बिजेता र उपबिजेता शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
बुवाको ह*त्यामा संलग्न छोरा पक्राउ
बुवाको ह*त्यामा संलग्न छोरा पक्राउ
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो
स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ
स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ
योजना आयोगको बैठकलगत्तै मन्त्रिपरिषद्‌ बैठक बस्ने, त्यसपछि संसद्‌मा बजेट प्रस्तुत गरिने
योजना आयोगको बैठकलगत्तै मन्त्रिपरिषद्‌ बैठक बस्ने, त्यसपछि संसद्‌मा बजेट प्रस्तुत गरिने