Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २७, २०८२
|
|
३७ पटक हेरिएको
Shares
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

सारांश

  • प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चणमा पुगेको छ ।
  • पछिल्लो परिणाम अनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख बढी मत पाएको छ ।
  • अब भने केही मतगणना मात्रै बाँकी छ ।

 

२७ फागुन, काठमाडौं ।

प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चणमा पुगेको छ । पछिल्लो परिणाम अनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख बढी मत पाएको छ । अब भने केही मतगणना मात्रै बाँकी छ ।रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांगेसले १७ लाख ४७ हजार ७३७, तेस्रो भएको एमालेले १४ लाख ४ हजार ३१ चौथौ भएको नेकपाले लाख ३ हजार ६२७ मत पाएको छ ।

पाँचौ भएको संकृति पार्टीले ३ लाख ७ हजार ५७ मत पाउँदा छैटौं स्थानमा थ्रेसहोल्ड कटाएको । राप्रपाले ३ लाख २९ हजार ४५७ मत ल्याएको छ । समानुपातिकतर्फ हालसम्म एक करोड ७ लाख ३० हजार ५५१ मतगणना भएको छ । प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ । यसअघि राष्ट्रिय दल बनेका थे्रसहोल्ड कटाएरका मधेशवादी दलहरु भने यसपट निकै पछि पेरेका छन । जसपा नेपालले एक लाख ७४ हजार ३०६ मत पाउँदा जनमत पार्टीले ७ हजार ९४९ मत पाएको छ । जनमतभन्दा अघि रहेको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजा ४९७ मत पाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?