सोवितालाई बधाई दिँदै रेनुले भनिन्– कामबाट मन जितेँ, मत जित्न सकिनँ
२३ फागुन,काठमाडौं ।
चितवन क्षेत्र नम्बर ३ मा नेकपा उम्मेदवार रेनु दाहालले कामबाट चितवनवासीको मन जिते पनि मत जित्न नसकेको बताएकी छन् । रास्वपा उम्मेदवार सोविता गौतमलाई बधाई दिँदै उनले भनेकी छन्, ‘मैले कामद्वारा तपाईंहरुको मन त जितेँ तर मत जित्न सकिनँ । मत जित्ने सोविता गौतमलाई धेरै धेरै बधाई भन्न चाहान्छु ।’ रेनुले भरतपुर महानगरपालिकाको मेयरको पाँच वर्षे कार्यकाल बाँकी छँदै राजीनामा दिएर निर्वाचनमा होमिएकी थिइन् ।

उनले चितवनवासीको मत खेर जान नदिने बताएकी छन् । ‘आगामी दिनमा कामद्वारा जनतामा खुशीयाली र चितवनको थप बिकास र समृद्धिका लागि शुभकामना ब्यक्त गर्दछु,’ रेनुले भनेकी छन्, ‘यो सुनामीको लहडमा पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरुप्रति म ऋणी छु । तपाईंहरूको यो गुन मैले कहिल्यै बिर्सने छैन ।’




Post Comment