उज्यालो नेपाल निर्माणका लागि थप सक्रिय रहने कुलमानको प्रतिवद्धता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
उज्यालो नेपाल निर्माणका लागि थप सक्रिय रहने कुलमानको प्रतिवद्धता

सारांश

  • काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु पाण्डेलाई बधाई दिएका छन् ।
  • उनले आगामी दिनमा उज्यालो नेपाल निर्माणका लागि थप सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
  • पराजित भएपछि सामाजिक संजालमा आफ्नो प्रतिक्रिया लेख्दै निर्वाचनमा विश्वास गर्दै आफ्नो अमूल्य मत प्रदान गर्ने मतदाताप्रति आभार व्यक्त गर्दै।

२३ फागुन,काठमाडौं ।

काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु पाण्डेलाई बधाई दिएका छन् । उनले आगामी दिनमा उज्यालो नेपाल निर्माणका लागि थप सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । पराजित भएपछि सामाजिक संजालमा आफ्नो प्रतिक्रिया लेख्दै निर्वाचनमा विश्वास गर्दै आफ्नो अमूल्य मत प्रदान गर्ने मतदाताप्रति आभार व्यक्त गर्दै।

चुनावको परिणाम जे जस्तो भए पनि क्षेत्रको समग्र विकास, सुशासन, समृद्धिसहितको उज्यालो नेपाल निर्माणका लागि आगामी दिनमा थप सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले लेखेका छन्,‘प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं। ३ बाट विजय हासिल गर्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु पाण्डेलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। यस निर्वाचनमा मलाई विश्वास गर्दै आफ्नो अमूल्य मत प्रदान गर्नु भएका यस क्षेत्रका सम्पूर्ण आदरणीय मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु। यहाँहरूले देखाउनु भएको विश्वास र माया मेरो लागि सधैं प्रेरणाको स्रोत रहनेछ।

चुनावको परिणाम जे जस्तो भए पनि यस क्षेत्रको समग्र विकास, सुशासन, समृद्धि सहितको उज्यालो नेपाल निर्माणका लागि आगामी दिनमा थप सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु। साथै मेरा पार्टीका सम्पूर्ण नेता(कार्यकर्ता, समर्थक, स्वयंसेवक तथा शुभेच्छुकहरूलाई यस अभियानमा दिनुभएको अथक मेहनत, साथ र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु। यहाँहरू सबैको साथ, माया र विश्वासले मलाई आगामी दिनहरूमा अझ जिम्मेवार र सक्रिय भएर देश र जनताको सेवामा लाग्न प्रेरणा दिएको छ। हामी सबै मिलेर उज्यालो, समृद्ध र सुशासित नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढाउनेछौं भन्ने विश्वास व्यक्त गर्दछु।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई गोल्छा ग्रुपले दियो २० थान मोटरसाइकल
ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई गोल्छा ग्रुपले दियो २० थान मोटरसाइकल
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
भरतपुर महानगरपालिकाले दिए विद्यालयहरुमा सार्वजनिक बिदा
भरतपुर महानगरपालिकाले दिए विद्यालयहरुमा सार्वजनिक बिदा
देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी
देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन रास्वपाको माग
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन रास्वपाको माग
प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने
प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने
स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ
स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ
राप्रपाका दुई सांसद मात्र संसद्‌मा उपस्थित हुने ,अरुलाई प्रदर्शनमा उतार्ने
राप्रपाका दुई सांसद मात्र संसद्‌मा उपस्थित हुने ,अरुलाई प्रदर्शनमा उतार्ने
नर्वाचनको तयारी अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन
नर्वाचनको तयारी अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन
सुनवलमा कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको ह*त्या
सुनवलमा कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको ह*त्या