क्यानडासँगको दोस्रो एक दिवसीयमा नेपाल ए विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन ८, २०८०
|
|
२५ पटक हेरिएको
Shares
क्यानडासँगको दोस्रो एक दिवसीयमा नेपाल ए विजयी

सारांश

  • क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल  ए २ विकेटले विजयी भएको छ ।
  • मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो ।
  • यो जितसँगै नेपालले ३ खेलको शृंखला १-१ को बराबरी गरेको थियो ।

८ फागुन, काठमाडौं । क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल  ए २ विकेटले विजयी भएको छ ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । यो जितसँगै नेपालले ३ खेलको शृंखला १-१ को बराबरी गरेको थियो । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो । नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । ए टिमका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोरा कप्तानी गर्ने अवसर पाएका थिए ।

यस्तै बसिर ५२ रनमा नट आउट रहे । ओपनर अर्जुन कुमालले ४० रन बनाए भने रसिद खान अर्धशतक प्रहार गर्नबाट ३ रनले चुके । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको थियो । क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए । साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निलो रिबन लगाएर संसद् छिरेका रास्वपा सांसदलाई निष्कासन गर्न कांग्रेसको माग
निलो रिबन लगाएर संसद् छिरेका रास्वपा सांसदलाई निष्कासन गर्न कांग्रेसको माग
जापान पठाइदिने भन्दै २१९ जनालाई ठगेको आरोपमा २ जना पक्राउ
जापान पठाइदिने भन्दै २१९ जनालाई ठगेको आरोपमा २ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
अमेरिकामा ट्रम्पविरूद्ध प्रदर्शन
अमेरिकामा ट्रम्पविरूद्ध प्रदर्शन
नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छः प्रधानमन्त्री
नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छः प्रधानमन्त्री
कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी
कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी
निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई मन्त्री खरेलको आग्रह
निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई मन्त्री खरेलको आग्रह
पूर्वमन्त्री आलमको श*व रौतहट पु¥याइयो, मुस्लिम परम्परा अनुसार अ*न्त्यष्टि गरिने
पूर्वमन्त्री आलमको श*व रौतहट पु¥याइयो, मुस्लिम परम्परा अनुसार अ*न्त्यष्टि गरिने
कवाड व्यवसायीले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने
कवाड व्यवसायीले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने
विस्थापित सुकुम्वासी परिवार आन्दोलनमा, होल्डिङ सेन्टर ‘कारागार’ जस्तै भएको गुनासो
विस्थापित सुकुम्वासी परिवार आन्दोलनमा, होल्डिङ सेन्टर ‘कारागार’ जस्तै भएको गुनासो