बलदेवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभा बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ ४, २०८२
|
|
३१ पटक हेरिएको
Shares
बलदेवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभा बैठक

सारांश

  • राष्ट्रिय सभाबाट राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित भएको छ ।
  • आइतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले शोक प्रस्ताव प्रस्तुत गरेका थिए ।
  • जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो ।

४ माघकाठमाडौं ।

राष्ट्रिय सभाबाट राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित भएको छ । आइतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो । बोहराको गत पुस ३० गते निधन भएको थियो । सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुर बेदकोटका बोहरा २००८ साल जेठ ६ गते जन्मिएका थिए । पछिल्लो समय ललितपुर महालक्ष्मीस्थानस्थित इमाडोलमा बस्दै आएका थिए ।

वि.सं. २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघको सदस्यता लिएर उनले राजनीतिक जीवन सुरु गरेका थिए । भिमदत्त पन्त र वि.पी. कोइरालाबाट प्रभावित भई राजनीतिक यात्रा सुरू गरेका बोहराले पाँच वर्ष जेल जीवन बिताए । उनी कञ्चनपुर काँग्रेसको संस्थापक नेता पनि हुन् । प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा जिल्ला विकास समिति कञ्चनपुरको सभापति भएर काम गरे । २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको राजनीतिक सल्लाहकार भए । २०७० सालमा संविधान सभा सदस्य भएर उनले संसवधान निर्माणमा समेत भूमिका खेले । त्यसबेला उनले प्रतिनिधिसभा अन्तर्गतको विकास समितिमा रहेर समेत काम गरेका थिए । उनै बोहोराको निधनमा आइतबार राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने
३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो
छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो
नेताहरूबीचको मतभेद अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा
नेताहरूबीचको मतभेद अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा
विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी
विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी
सरकार स्थिर कर नीतिको पक्षमा छः अर्थमन्त्री पौडेल
सरकार स्थिर कर नीतिको पक्षमा छः अर्थमन्त्री पौडेल
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
गुल्मीमा चट्याङ लागेर एक बालिकाको मृत्यु, बाबु–आमा घाइते
गुल्मीमा चट्याङ लागेर एक बालिकाको मृत्यु, बाबु–आमा घाइते
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस
बढ्यो सुनको मुल्य कतिमा हुदैछ कारोबार ?
बढ्यो सुनको मुल्य कतिमा हुदैछ कारोबार ?