२३ माघ २०८२, बिहीबार

जाँचबुझ आयोगको देउवा र प्रचण्डलाई पत्र

१८ पुष, काठमाडौं ।

भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कमयुनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पत्र काटेको छ । आयोगले भदौ २३ र २४ को घटनाको बारेमा आयोगका तर्फबाट विभिन्न प्रश्नहरुसहित पत्र पठाएको हो । साथै देउवा र प्रचण्ड दुवैलाई प्रश्नको जवाफ लिखित रुपमै आयोगमा पठाउन सक्ने बताएको आयोग स्रोतले जानकारी दिएको छ ।

जेनजी आन्दोलनको क्रममा कांग्रेस सभापति देउवा भदौ २४ गते आफ्नै निवास बुढानिलकण्ठमा कुटिएका थिए भने सिंहदरबारमा रहेका प्रचण्डलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको थियो । आफ्नो अध्ययनको अन्तिम चरणमा रहेको आयोगले अब तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने तयारी गरेको जनाएको छ ।

Post Comment

छुटाउनुभयो कि ?