२६ जेष्ठ २०८२, आईतवार

पत्रकार महासंघको कार्यक्रममा फोनिजको हस्तक्षेप, सभामुख र सञ्चारमन्त्री अनुपस्थित

२८ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघको संस्थापक को भन्ने विवादले उघ्र रुप लिएपछि महासंघका पूर्व सभापतिको बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रम बिथोलिएको छ ।

महासंघको प्रदेश प्रतिष्ठान शाखाले प्रकाशन गरेको पुस्तक ‘अग्र अनुहार’ विमोचन कार्यक्रममा जनजाति पत्रकार संघ (फोनिज)ले हस्तक्षेप गरेको हो । ​ फोनिजले महासंघको संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्ने माग राख्दै आएको छ । पुस्तकमा कृष्णप्रसाद भट्टराईलाई संस्थापक भनिएको छ । महासंघको इतिहासमा पनि भट्टराई नै संस्थापक भएको दस्तावेजहरूमा उल्लेख छ ।  नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सभामुख देवराज घिमिरेलाई प्रमुख अतिथि बनाइएको थियो ।​ विवादको संकेतपछि घिमिरे कार्यक्रममा आएनन् भने सञ्चारमन्त्री रेखा शर्मा पनि अनुपस्थित भएकी छिन् । फोनिजको अवरोधका बाबजुद महासंघका पूर्व सभापतिको उपस्थितिमा पुस्तक विमोचन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?