Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आज काठमाडौंका विभिन्न स्थानमा दुई घण्टा विद्युत् कटौती

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष १२, २०८२
|
|
५९ पटक हेरिएको
Shares
आज काठमाडौंका विभिन्न स्थानमा दुई घण्टा विद्युत् कटौती

सारांश

  •   काठमाडौं उपत्यकाका मुख्य प्रशासनिक तथा आवासीय क्षेत्र आज दुई घण्टा विद्युत् सेवाबाट वञ्चित हुने भएका छन्।
  • नेपाल विद्युत् प्राधिकरणका अनुसार वितरण प्रणालीलाई भूमिगत बनाउने क्रममा सम्पन्न भइसकेका केबल जोड्ने कार्यका लागि आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म विद्युत् कटौती गरिनेछ।
  • यस अवधिमा लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्र, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल प्रहरी अस्पताल वरपरका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ।

 

१२ पुस, काठमाडौं । 

काठमाडौं उपत्यकाका मुख्य प्रशासनिक तथा आवासीय क्षेत्र आज दुई घण्टा विद्युत् सेवाबाट वञ्चित हुने भएका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार वितरण प्रणालीलाई भूमिगत बनाउने क्रममा सम्पन्न भइसकेका केबल जोड्ने कार्यका लागि आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म विद्युत् कटौती गरिनेछ।

यस अवधिमा लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्र, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल प्रहरी अस्पताल वरपरका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ। काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत गरिएको भूमिगत संरचना जडानलाई अन्तिम चरणमा पु¥याउन अस्थायी रूपमा विद्युत् कटौती गर्नुपरेको प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ। तोकिएको समयअगावै काम सम्पन्न भएमा विद्युत् सेवा पुनः सञ्चालन गरिने पनि प्राधिकरणले स्पष्ट पारेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?