नेप्से ३.२७ अंकले बढ्यो, कारोबार रकम सामान्य घट्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ८, २०८२
|
|
२० पटक हेरिएको
Shares
नेप्से ३.२७ अंकले बढ्यो, कारोबार रकम सामान्य घट्यो

सारांश

  • साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक बढेर बन्द भएको छ ।
  • अघिल्लो कारोबार दिन १३.
  • ८८ अंकले घटेको बजार यसदिन ३.

 

८ पुष, काठमाडौं ।

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन १३.८८ अंकले घटेको बजार यसदिन ३.२७ अंकले बढेर २५८४.४९ अंकमा उक्लीएर बन्द भएको छ ।
यसदिन सेन्सेटिभ इन्डेक्स १.५७ अंकले बढेको छ, फ्लोट इन्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३१ अंकले बढेको छ । आज कारोबारमा आएका स्कट मध्ये १३४ कम्पनीको स्टकको शेयर मूल्य बढेको छ भने ११७ अंकको शयर मूल्य घटेको छ । त्यसैगरी ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब ५१ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा यस दिन ३२८ स्टकको ९२ हजार ७४६ पटकको कारोबारमा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँबराबरको ७६ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन एसवाई प्यानल नेपालको शेयरमूल्य सवैभन्दा बढी ७.०१ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने सयपत्री हाइड्रोपावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ । यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ५.९७ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३० करोड ९८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, यस दिन सागर डिष्टिलरीको साढे ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । आज १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ । बाँकी बढेका ६ उपसमूहहरुको वृद्धिदर सामान्य रहेको छ । यस दिन विकास बैंक, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल
रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल
लागूऔषधसहित काठमाडौँबाट छ जना पक्राउ
लागूऔषधसहित काठमाडौँबाट छ जना पक्राउ
श्रम शोषण भएको भन्दै सेतो कोट र घाँटीमा स्टेथेस्कोप झुण्डाएर धर्नामा डाक्टर
श्रम शोषण भएको भन्दै सेतो कोट र घाँटीमा स्टेथेस्कोप झुण्डाएर धर्नामा डाक्टर
सासूको हत्या आरोपमा बुहारी पक्राउ
एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
१४ घण्टापछि खुल्यो बीपी राजमार्ग
१४ घण्टापछि खुल्यो बीपी राजमार्ग
लामिछाने रुपन्देही अदालतमा हाजिर, अर्को तारिख २३ वैशाखमा
लामिछाने रुपन्देही अदालतमा हाजिर, अर्को तारिख २३ वैशाखमा
यू–१९ एसिया कप: श्रीलंकाले दियो नेपाललाई २३४ रनको लक्ष्य, सन्तोषको नाममा चार विकेट