नेपालमा पहिलो माइडिया प्रो शप अनुभव केन्द्रको सुरुवात

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ४, २०८२
|
|
१४ पटक हेरिएको
Shares
नेपालमा पहिलो माइडिया प्रो शप अनुभव केन्द्रको सुरुवात

सारांश

  •   माइडिया एसीको आधिकारिक वितरक एयर एक्सपर्ट्सले नेपालमा यही पुस ३ देखि ग्राहकका लागि नेपालमा पहिलो आधिकारिक माइडिया प्रो शप सुरुवात गरेको छ।
  • माइडिया प्रो शपको उद्घाटन प्रमुख अतिथि नेपाल क्रिकेट टिमका कप्तान रोहित पौडेलले गरेका थिए।
  • ३ हजार वर्गफुट क्षेत्रफलमा फैलिएको यो नेपालकै सबैभन्दा ठूलो एसी अनुभव केन्द्र हो।

४ पुस, काठमाडौं । 

माइडिया एसीको आधिकारिक वितरक एयर एक्सपर्ट्सले नेपालमा यही पुस ३ देखि ग्राहकका लागि नेपालमा पहिलो आधिकारिक माइडिया प्रो शप सुरुवात गरेको छ। माइडिया प्रो शपको उद्घाटन प्रमुख अतिथि नेपाल क्रिकेट टिमका कप्तान रोहित पौडेलले गरेका थिए। ३ हजार वर्गफुट क्षेत्रफलमा फैलिएको यो नेपालकै सबैभन्दा ठूलो एसी अनुभव केन्द्र हो। यस प्रोशपमा माइडियाका आवासीय तथा व्यावसायिक दुवै प्रकारका एसी समाधानहरू उपलब्ध छन्।

अरु साधारण शोरूमभन्दा फरक माइडिया प्रो शप नेपालभरि विस्तार हुने धेरै अनुभव केन्द्रहरूमध्ये पहिलो हो। यसले केवल नयाँ शोरूमको सुरुवात मात्र होइन, सम्पूर्ण उद्योगका लागि नया युगको रूपमा परिचित भएको छ। यहाँ ग्राहकले उत्पादन परीक्षण गर्न, तुलना गर्न र प्रविधि बुझ्न सक्ने वातावरण पाउँछन्। साथै, ग्राहकहरूले यहाँ अत्याधुनिक प्रविधि, स्टाइलिस्ट डिजाइन, इनर्जी बचत र स्मार्ट कूलिङ एसीको प्रत्यक्ष रूपमा अनुभव लिन सकिनेछ। यसले ग्राहकलाई अझ सहज पहुँच, उत्कृष्ट सेवा र अत्याधुनिक प्रविधि अनुभव गर्ने अवसर दिनेछ।  यस अवसरमा एयर एक्सपर्ट्सका प्रबन्धनिर्देशक नबिन बन्सालीले दुई दशकभन्दा बढी समयदेखि माइडिया एसी नेपालमा विश्वासिलो एसी ब्राण्ड रहेको बताए। माइडिया प्रो शप नेपालको पहिलो एक्स्पिरेन्स सेन्टर पहिलो हो जहाँ ग्राहकले उत्पादन परीक्षण गर्न, तुलना गर्न र प्रविधि बुझ्न सक्ने वातावरण पाउँछन्। ग्राहकलाई केवल उत्पादन प्रदर्शन मात्र होइन।

साथै, ग्राहकलाई सहज पहुँच र उत्कृष्ट सेवा दिनेछ। भविष्यमा अन्य सहरहरूमा पनि यस्ता केन्द्रहरू खोल्ने योजना रहेको छ। उनका अनुसार माइडिया प्रो शप केवल एसी हेर्ने ठाउँ मात्र हैन यो विश्वास, सुविधा र भविष्यको अनुभव गर्ने केन्द्र हो। यहाँ आउने प्रत्येक ग्राहकले आफ्नो घर वा कार्यालयमा कस्तो वातावरण बनाउन सकिन्छ भन्ने कल्पना गर्न सक्छन्। नेपालमा अग्रणी एसी ब्राण्डको रूपमा माइडिया एसीले २० वर्षदेखि ग्राहक, डिलर तथा साझेदारहरूको विश्वास जित्दै आएको छ । हजारौं परिवार र व्यवसायहरूले माइडियालाई आफ्नो पहिलो रोजाइ बनेको छ । व्यवसायिक साझेदारहरूले प्रविधि र अनुभवलाई ग्राहकसम्म पुऱ्याउन निरन्तर साथ दिएका छन्। साथै, नेपालभरि फैलिएको डिलर नेटवर्कले माइडियालाई सहज पहुँच र उत्कृष्ट सेवा दिन सहयोग पुऱ्याएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शान्तिबाटिकामा आज राप्रपाले ‘जनप्रदर्शन’ गर्दै
शान्तिबाटिकामा आज राप्रपाले ‘जनप्रदर्शन’ गर्दै
विद्रोह गर्नुभन्दा चुनावमै जानु उपयुक्त ठान्यौं : अध्यक्ष लिङ्देन
विद्रोह गर्नुभन्दा चुनावमै जानु उपयुक्त ठान्यौं : अध्यक्ष लिङ्देन
भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज पुनः भैरहवामै आकस्मिक अवतरण। 
भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज पुनः भैरहवामै आकस्मिक अवतरण। 
राज्य व्यवस्था समितिको सभापतिमा एमालेको दाबी नहुने
राज्य व्यवस्था समितिको सभापतिमा एमालेको दाबी नहुने
प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए सम्पत्ति विवरण, तीन जनाको बाँकी
प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए सम्पत्ति विवरण, तीन जनाको बाँकी
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नागार्जुन -७ की वडासचिव केसी झुण्डिएको अवस्थामा मृत फेला
नागार्जुन -७ की वडासचिव केसी झुण्डिएको अवस्थामा मृत फेला
राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित
राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित
घट्यो सुनको मूल्य आज कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य आज कतिमा हुँदैछ कारोबार ?
अन्तर्राष्ट्रिय पर्वत दिवस : विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदै
अन्तर्राष्ट्रिय पर्वत दिवस : विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदै