सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाको समयमै समाधान आवश्यक : मन्त्री भण्डारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाको समयमै समाधान आवश्यक : मन्त्री भण्डारी

सारांश

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाहरुको समयमा नै समाधान गर्न आवश्यक रहेको बताएका छन् ।
  • विहीबार काठमाडौंमा आयोजित २५औं अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आप्रवासनको व्यवस्थापन तथा पुनःएकीकरणका विषयमा अन्तरक्रिया कार्यक्रममा उनले नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाहरुको समयमा नै समाधान गर्न सबै तहको सरकार, साझेदार, निकायहरु तथा संघ संस्थाहरुको सहकार्यबाट समग्र मानव पुँजीको व्यवस्थापन गर्नुपर्ने बताए ।
  • उनले भने, ‘नेपालमा नै रोजगारीको सम्भावना र अवसरहरुको खोजी गर्दै रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिहरुलाई जोड्नेगरि बजारको माग र अवस्था पहिचान गरेर सोही अनुरुपको सीपयुक्त र दक्ष जनशक्ति निर्माण गर्न सबै तहको सरकार, साझेदार, निकायहरु तथा संघ संस्थाहरुको नियमित प्रयास, समन्वय र सहकार्यबाट समग्र मानव पुँजीको व्यवस्थापन गर्न सकेमा मात्र आम नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाहरुको समयमा नै समाधान गर्न सकिन्छ ।

 

३ पुस, काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाहरुको समयमा नै समाधान गर्न आवश्यक रहेको बताएका छन् । विहीबार काठमाडौंमा आयोजित २५औं अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आप्रवासनको व्यवस्थापन तथा पुनःएकीकरणका विषयमा अन्तरक्रिया कार्यक्रममा उनले नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाहरुको समयमा नै समाधान गर्न सबै तहको सरकार, साझेदार, निकायहरु तथा संघ संस्थाहरुको सहकार्यबाट समग्र मानव पुँजीको व्यवस्थापन गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपालमा नै रोजगारीको सम्भावना र अवसरहरुको खोजी गर्दै रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिहरुलाई जोड्नेगरि बजारको माग र अवस्था पहिचान गरेर सोही अनुरुपको सीपयुक्त र दक्ष जनशक्ति निर्माण गर्न सबै तहको सरकार, साझेदार, निकायहरु तथा संघ संस्थाहरुको नियमित प्रयास, समन्वय र सहकार्यबाट समग्र मानव पुँजीको व्यवस्थापन गर्न सकेमा मात्र आम नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाहरुको समयमा नै समाधान गर्न सकिन्छ ।’ यस्तै, उनले वैदेशिक रोजगारमा जाने भन्दैमा नागरिकहरु अन्तर्राष्ट्रिय श्रमको मूल्यभन्दा कम दरमा पठाउन नहुने भन्दै विश्व बजारको माग अनुसारको सिपयुक्त क्षमतावान र दक्ष जनशक्तिहरु पठाउने उपयुक्त वातावरणको निर्माण गर्नुपर्ने सबैको दायित्व भएको बताए ।

उनले भने, ‘अहिले बढ्दै गएको वैदेशिक रोजगारीप्रतिको आकर्षणलाई पूर्ण रुपमा रोक्न पनि नसक्ने र रोक्न पनि नहुने अवस्था रहेको छ । तर हामीले हाम्रो नागरिकलाई न्यून मूल्य र पारिश्रमिकमा अन्तर्राष्ट्रिय श्रमको मूल्यभन्दा कम दरमा काममा पठाउन कदापी हुँदैन् । विश्व बजारको माग अनुसारको सिपयुक्त क्षमतावान र दक्ष जनशक्तिहरु पठाउने उपयुक्त वातावरणको निर्माण गर्नुपर्ने सबैको दायित्व हो ।’ पुँजीका लागि र श्रम बेच्नको लागि विदेशिनु पर्ने अवस्था एकदमै दुखद रहेको पनि उनको भनाई छ । कार्यक्रममा आइएलओ नेपालका कन्ट्र डाइरेक्टर, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि एवम सरोकारवालाहरुले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात सय रुपैयाँले घट्यो सुनको मूल्य
सात सय रुपैयाँले घट्यो सुनको मूल्य
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक बस्दै
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक बस्दै
वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ
बारामा प्रहरीको सकृयता बढ्दै, नीति अनुरूप काम नगरे कारवाही गर्ने एसपिको चुनौती
बारामा प्रहरीको सकृयता बढ्दै, नीति अनुरूप काम नगरे कारवाही गर्ने एसपिको चुनौती
वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक : रमेश बडाल
वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक : रमेश बडाल
मन्त्री कौशल किशोर रायविरुद्ध अनुशासन समितिको कारबाही प्रयास, राजनीतिक पूर्वाग्रहको आरोप
मन्त्री कौशल किशोर रायविरुद्ध अनुशासन समितिको कारबाही प्रयास, राजनीतिक पूर्वाग्रहको आरोप
भरतपुर कारागारबाट भागेका ५४ कैदीबन्दी आफैं फर्किए
भरतपुर कारागारबाट भागेका ५४ कैदीबन्दी आफैं फर्किए
२१ लाख ठगी गरेको आरोपमा सिन्धुपाल्चोकबाट २ जना पक्राउ
२१ लाख ठगी गरेको आरोपमा सिन्धुपाल्चोकबाट २ जना पक्राउ
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन