Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एमाले पदाधिकारी लड्ने यी कान्छी उम्मेदवार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
३९ पटक हेरिएको
Shares
एमाले पदाधिकारी लड्ने यी कान्छी उम्मेदवार

सारांश

  • कुनै बेला एमाले युवाहरूको पार्टी थियो ।
  • स्वयं मदन भण्डारी तत्कालीन महासचिव चुनिँदै गर्दा ४० वर्षका थिए ।
  • अहिले भने ६० वर्षमाथिका पदाधिकारी उम्मेदवारको संख्या ६० प्रतिशतभन्दा माथि देखिएको छ ।

२ पुस, काठमाडौं ।

कुनै बेला एमाले युवाहरूको पार्टी थियो । स्वयं मदन भण्डारी तत्कालीन महासचिव चुनिँदै गर्दा ४० वर्षका थिए । अहिले भने ६० वर्षमाथिका पदाधिकारी उम्मेदवारको संख्या ६० प्रतिशतभन्दा माथि देखिएको छ । पार्टीले ५ प्रतिशत युवा कोटा राख्ने निर्णय पारित गरे पनि युवाहरु नेतृत्वमा आउन अझै पनि छुटेका छन् । यसैका बीचमा एमालेमा ४१ वर्षीया रचना खड्काले सचिव पदमा उम्मेदवारी हालेकी छन् । बागमतीकी पूर्वअर्थमन्त्री रचना एमालेको केन्द्रीय सदस्यमा पहिलो चोटि चुनिँदा २८ वर्षकी थिइन् । ‘आम नागरिक, खासगरी युवाहरुको भावनालाई आत्मसात् गर्दै पार्टीसँग बढेको दूरीलाई अब मेट्ने हाम्रो योजना हुन्छ,’ खड्काले भनिन्, ‘जनतामा बढेको निराशा, जन अपेक्षा र डेलिभरीका खाडलको सन्दर्भमा हामी ठोस र देखिने खालका कदम चाल्ने छौं ।’

रचनाले एमाले जनसंगठन विभागको उपप्रमुखका रुपमा २३ वटै जनसंगठनमा काम गरेकी छन् । अनेरास्ववियुको शीर्षस्थ तहसम्म काम गरेर पार्टीमा सक्रिय उनले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र र संवैधानिक तथा अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गरेकी छन् । पार्टीको विचार निर्माण तथा संगठन दुवैतर्फ उनको दक्खल छ । नेतृत्व छान्न आज साँझदेखि मतदान हुने एमाले ले जनाएको छ ।

०४१ असार ५ गते रामेछापमा जन्मेकी रचना आफ्नै जिल्लाबाट सांसद चुनिइन् । उनी बागमती प्रदेश सभा सदस्य,  बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनिन् । पार्टी तथा सरकार दुवैतर्फबाट नेतृत्वमा अघि बढ्दै गरेकी रचनाले आफू कान्छो उमेरको पदाधिकारी उम्मेदवार बन्ने संयोगलाई पार्टी नेतृत्व र जनताबीच टाढिँदो सम्बन्ध नजिक्याउने अवसरका रुपमा हेरेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिममाथि विराटनगरको सानदार जित
सुदूरपश्चिममाथि विराटनगरको सानदार जित
गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृ*त्यु
गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृ*त्यु
बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण
बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण
आज वैशाख २७ गते बुधबार, यस्तो छ आजको राशिफल।
आज वैशाख २७ गते बुधबार, यस्तो छ आजको राशिफल।
बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला
बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
कञ्चनपुरमा जुवातास खेल्दै गरेका ७ जना पक्राउ
कञ्चनपुरमा जुवातास खेल्दै गरेका ७ जना पक्राउ
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु
जनप्रतिनिधिको व्यावसायिक स्याउखेती
जनप्रतिनिधिको व्यावसायिक स्याउखेती
हेलिकप्टर दुर्घटना : सरकारले बनायो तीन सदस्यीय छानबिन समिति
हेलिकप्टर दुर्घटना : सरकारले बनायो तीन सदस्यीय छानबिन समिति