Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

  गोडैता–४ मा भीषण आ*गलागी, ५० बिघाभन्दा बढी उखु ज*लेर नष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २९, २०८२
|
|
४६ पटक हेरिएको
Shares
  गोडैता–४ मा भीषण आ*गलागी, ५० बिघाभन्दा बढी उखु ज*लेर नष्ट

सारांश

  •    सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आज दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।
  • विद्युतको तार सर्ट भएर मुना चौँधरीको उखु खेतीबाट सुरु भएको आगलागीले दर्जनौँ किसानको उखु बाली सखाप भएको हो ।
  • काटेर चिनी मिललाई बिक्री गर्ने बेला भएको उखु जलेपछि किसानमा रुवावासी चलेको छ ।

 

२९ मंसिर, सर्लाही ।  

सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आज दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौँधरीको उखु खेतीबाट सुरु भएको आगलागीले दर्जनौँ किसानको उखु बाली सखाप भएको हो । काटेर चिनी मिललाई बिक्री गर्ने बेला भएको उखु जलेपछि किसानमा रुवावासी चलेको छ । आज मात्रै काठमाडौं जानुभएका गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवले आफूलाई प्राप्त जानकारी अनुसार ५०÷६० बिघाकै उखु जलेको बताउनुभयो ।

करिव दुई हजारजति गाउँले, समाजसेवी सरोज यादवले प्रदान गरेको एउटा दमकल, प्रहरी र सशस्त्र प्रहरी भएर करिव ५ घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएका छन् । मेयर यादवले आगलागीबाट करिव ३ करोडको उखु जलेको बताउनुभयो । काट्ने बेला भएको उखुमा चिनीको मात्रा धेरै हुने भएकाले ठुलो आगो फैलिएको मेयर यादवको भनाइ छ । आफूले यसबारेमा चिनी मिललाई जानकारी दिएको र चिनी मिलले तत्काल आगलागी भएको उखुमा पानी पटाउन र एक÷डेढ महिनापछि उखु हरियो भएर आए किनिदिने अन्यथा अहिलेकै अवस्थामा जलेको उखु किन्न नसकिने बताएको मेयर यादवले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले आगलागीबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी रहेको बताउनुभयो । आज इलाका प्रहरी कार्यालय गडहीयासहित आसपासका अन्य प्रहरी युनिट आगलागी नियन्त्रणमै केन्द्रित हुनुपरेको डिएसपी राईको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरीमा चिसो बढेपछि विद्यालय बन्द
सुनसरीमा चिसो बढेपछि विद्यालय बन्द
सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः सभापति देउवा
सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः सभापति देउवा
मेडिकल कलेजहरुले १९ हजार मात्र तलव दिएको भन्दै डाक्टरहरु सडकमा
मेडिकल कलेजहरुले १९ हजार मात्र तलव दिएको भन्दै डाक्टरहरु सडकमा
इंग्ल्यान्डमाथि भारतको सानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा
इंग्ल्यान्डमाथि भारतको सानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा
सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर काभ्रेको रोशीमा एक महिलाको मृ*त्यु
सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर काभ्रेको रोशीमा एक महिलाको मृ*त्यु
आज राति सातै प्रदेशमा वर्षाको सम्भावना, बढी कहाँ?
आज राति सातै प्रदेशमा वर्षाको सम्भावना, बढी कहाँ?
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो:  दुर्गा प्रसाईं
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
चुरेक्षेत्रको विनाशका कारण मधेस प्रदेशमा सिँचाइलगायत समस्या उत्पन्न भए
चुरेक्षेत्रको विनाशका कारण मधेस प्रदेशमा सिँचाइलगायत समस्या उत्पन्न भए
अख्तियारमा भ्रष्टाचारका सबै फाइल सुरक्षित
अख्तियारमा भ्रष्टाचारका सबै फाइल सुरक्षित
जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या
जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या