२३ माघ २०८२, बिहीबार

केपी ओलीले गराए उम्मेदवारी दर्ता

 

२९ मंसिर, काठमाडौं ।

नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।

सो क्रममा ओलीले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अर्का अध्यक्षका प्रत्यासी पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ । आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । ओली र पोखरेल दुवै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

Post Comment

छुटाउनुभयो कि ?