भारतीय राजदूत श्रीवास्तवको अवस्था सुधार उन्मुख, जनरल वार्डमा सार्ने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २८, २०८२
|
|
४१ पटक हेरिएको
Shares
भारतीय राजदूत श्रीवास्तवको अवस्था सुधार उन्मुख, जनरल वार्डमा सार्ने तयारी

सारांश

  • नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्य अवस्था सुधार उन्मुख हुँदै गएको छ।
  • शनिबार मुटुको देब्रे नशामा ‘हर्टअट्याक’ भएर शल्यक्रिया गरिएका श्रीवास्तवलाई जनरल वार्डमा सार्ने तयारी भएको ग्रान्डी इन्टरनेसनल अस्पतालले जनाएको छ।
  •   आइसीयू कक्षमा उपचाररत उहाँको स्वास्थ्य सुधार हुँदै गएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘आज वार्डमा सार्ने तयारी भइरहेको छ।

२८ मंसिर, काठमाडौं ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्य अवस्था सुधार उन्मुख हुँदै गएको छ। शनिबार मुटुको देब्रे नशामा ‘हर्टअट्याक’ भएर शल्यक्रिया गरिएका श्रीवास्तवलाई जनरल वार्डमा सार्ने तयारी भएको ग्रान्डी इन्टरनेसनल अस्पतालले जनाएको छ।  आइसीयू कक्षमा उपचाररत उहाँको स्वास्थ्य सुधार हुँदै गएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘आज वार्डमा सार्ने तयारी भइरहेको छ।’

काठमाडौँको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा एक्कासी अचेत भएर उनी ढलेका थिए। अवस्था गम्भीर बनेपछि उनलाई तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ग्रान्डी इन्टरनेसनल अस्पतालमा पुर्‍याइएको थियो। हाइकिङमा उनीसँगै दूतावासका दुई जना अफिसर साथमा थिए। अस्पताल पुर्याउनासाथ प्रारम्भिक स्वास्थ्य जाँचपछि चिकित्सकलले तत्काल  मुटुमा स्टेन राखेर ब्लकेज खोलेका थिए।  राजदूत श्रीवास्तव हाइकिङकै क्रममा ढलेर बेहोस भएको खबर पाएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी निरीक्षकको नेतृत्वमा दुई दर्जन सुरक्षाकर्मी भस्मासुर डाँडातर्फ गएका थिए। नेपाली सेना र सशस्त्र प्रहरी बलको सुरक्षाकर्मी पनि खोजी कार्यमा लागेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सर्लाहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
पुस १२ गतेभित्र राष्ट्रिय सभाको बैठक बोलाउने तयारी
पुस १२ गतेभित्र राष्ट्रिय सभाको बैठक बोलाउने तयारी
लरेन्स बिश्नोईको नाममा ह्वाट्सएपबाट धम्की दिँदै व्यापारीसँग ५ करोड माग्ने पक्राउ
लरेन्स बिश्नोईको नाममा ह्वाट्सएपबाट धम्की दिँदै व्यापारीसँग ५ करोड माग्ने पक्राउ
राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ
राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ
राजनीतिक संवाद समितिको टोलीद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन
राजनीतिक संवाद समितिको टोलीद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना
अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
भेरी नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन प्रशासनको आग्रह
भेरी नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन प्रशासनको आग्रह