Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गौतमबुद्ध रङ्गशाला निर्माणमा प्रदेश सरकारले बजेट सुनिश्चितता गर्ने आश्वासन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २३, २०८०
|
|
१३३ पटक हेरिएको
Shares
गौतमबुद्ध रङ्गशाला निर्माणमा प्रदेश सरकारले बजेट सुनिश्चितता गर्ने आश्वासन

सारांश

  • बजेट अभावले अलपत्र बनेको भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि छिट्टै टेण्डर आह्वान हुने भएको छ ।
  • रंगशाला निर्माणको बाँकी काम पूरा गर्न भरतपुर महानगरपालिकाले एक हप्ता भित्रै टेण्डर निकाल्ने गरी प्रक्रिया सुरु गरेको छ ।
  • बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले मंगलबार रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेसँगै रंगशाला निर्माण प्रक्रिया सुरु गर्न लागेको भरतपुर महानगरपालिकाले जनाएको छ ।

२३ माघ, चितवन । बजेट अभावले अलपत्र बनेको भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि छिट्टै टेण्डर आह्वान हुने भएको छ ।

रंगशाला निर्माणको बाँकी काम पूरा गर्न भरतपुर महानगरपालिकाले एक हप्ता भित्रै टेण्डर निकाल्ने गरी प्रक्रिया सुरु गरेको छ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले मंगलबार रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेसँगै रंगशाला निर्माण प्रक्रिया सुरु गर्न लागेको भरतपुर महानगरपालिकाले जनाएको छ । महानगरका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार रंगशाला निर्माणको पहिलो चरणको कामका लागि टेण्डर आह्वान गर्ने अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि सम्पूर्ण डकुमेन्ट र अरु प्रक्रिया पूरा गरिएको उनको भनाइ छ । रंगशालाको निर्माणको मुख्य पहलकदमी र समन्वय भने भरतपुर महानगरपालिकाले गर्ने सहमति छ । महानगरले संघीय सरकारसँग पनि रंगशालाको बाँकी कामका लागि रकम माग गरेको महानगरका उपनिर्देशक अर्यालले जानकारी दिए ।

धुर्मस सुन्तली फाण्डेशनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा काम रोकिएको थियो । फाउण्डेसनले बनाएको विस्तृत परियोजना प्रतिवेदनलाई (डीपीआर) परिमार्जन गरी केही पूर्वाधारहरु थप्नुपर्ने र केही हटाउनुपर्ने देखिएको उनको भनाइ छ । डीपीआर नयाँ निर्माण संहिता अनुसार परिमार्जन गरिएको र यसअघि निर्माण भइसकेका संरचनाको लोड थेग्ने क्षमताको समेत जाँच गरिएको अर्यालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिमका मुख्यमन्त्री भारतको औपचारिक भ्रमणमा जाँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भारतको औपचारिक भ्रमणमा जाँदै
साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी
साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी
विदेश पढ्न जानेले एक महिनामै लगे ३२ अर्ब ७६ करोड
विदेश पढ्न जानेले एक महिनामै लगे ३२ अर्ब ७६ करोड
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार
इनिसा हत्या प्रकरणको थप अनुसन्धान सीआईबीले गर्ने
इनिसा हत्या प्रकरणको थप अनुसन्धान सीआईबीले गर्ने
‘लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’
‘लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’
बाढीले निर्माणाधीन पुल भत्काउँदा दुई करोड बराबरको क्षति
बाढीले निर्माणाधीन पुल भत्काउँदा दुई करोड बराबरको क्षति
चन्द्रनगरको योजना : नाढीमन ताल संरक्षण गर्दै यक्षदह बनाउने
चन्द्रनगरको योजना : नाढीमन ताल संरक्षण गर्दै यक्षदह बनाउने
सर्लाहीमा बेपत्ता युवक पोखरीमा मृ*त भेटिए
सर्लाहीमा बेपत्ता युवक पोखरीमा मृ*त भेटिए
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता