Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

उच्च शिक्षामा राजनीतिकरण अन्त्य गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २४, २०८२
|
|
८६ पटक हेरिएको
Shares
उच्च शिक्षामा राजनीतिकरण अन्त्य गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले उच्च शिक्षामा राजनीतिकरण अन्त्यगर्न सरकार प्रतिबद्ध भएको बताएकी छन् ।
  • उनले ऐन संशोधनमार्फत विश्वविद्यालयको कुलपति पदमा प्राज्ञिक व्यक्ति नियुक्त गर्ने तयारी अघि बढेको बताएकी हुन् ।
  • धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान संरचनाले उच्च शिक्षा क्षेत्रमा देखिएको दलीय हस्तक्षेप अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

 

२४ मंसिर,धुलिखेल ।

प्रधानमन्त्री सुशीला कार्कीले उच्च शिक्षामा राजनीतिकरण अन्त्यगर्न सरकार प्रतिबद्ध भएको बताएकी छन् । उनले ऐन संशोधनमार्फत विश्वविद्यालयको कुलपति पदमा प्राज्ञिक व्यक्ति नियुक्त गर्ने तयारी अघि बढेको बताएकी हुन् । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान संरचनाले उच्च शिक्षा क्षेत्रमा देखिएको दलीय हस्तक्षेप अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । उनले भनिन,‘लगानी वृद्धिसँगै उच्च शिक्षाको गैरराजनीतिकरण अहिलेको टड्कारो आवश्यकता हो । शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर हामीले केही ठोस कदमहरु चालेका छौं ।

पछिल्लो केही समयदेखि प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको छ । शिक्षामन्त्री महावीर पुनज्यूले शिक्षाविद्, विश्वविद्यालयका उपकुलपति लगायतका उच्च नेतृत्व र अन्य सरोकारवालाहरूसँग यस विषयमा गम्भीर परामर्श र गृहकार्य गरिरहनुभएको छ । ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ हामी लागेका छौँ ।’ प्रधानमन्त्री कार्कीले विश्वभर उच्च शिक्षामा अफिसियल इन्टेलिजेन्स, भर्चुअल रियालिटी तथा भूराजनीतिक परिवर्तनले नयाँ चुनौती र अवसर सिर्जना गरिरहेको उल्लेख गर्दै नेपालले पनि उच्च शिक्षामा ठूलो मात्रामा लगानी बढाउनुपर्ने आवश्यकता दोहोर्याइन् । उनले काठमाडौं विश्वविद्यालयले नवप्रवर्तन र प्राज्ञिक उत्कृष्टतामा स्थापित गरेको मोडेल अन्य विश्वविद्यालयले पनि अवलम्बन गर्नुपर्ने बताइन् । योग्य पारिश्रमिक, दक्षता अभिवृद्धि तथा आधुनिक कार्यक्रम थप्ने अभ्यासलाई उनले अनुसरणयोग्य उदाहरणका रूपमा प्रस्तुत गरिन् ।

प्रधानमन्त्रीले इसिमोडअन्तर्गत सन् २००७ मा स्थापित हिमालयन युनिभर्सिटी कन्सोर्टियमको नयाँ सचिवालय काठमाडौं विश्वविद्यालयमा आउने निर्णयप्रति खुसी व्यक्त गरिन् । जलवायु परिवर्तनका चुनौतीसँग जुधिरहेका हिमाली राष्ट्रहरूको साझा आवाज विश्वसम्म पुर्याउन यसले महत्वपूर्ण भूमिका खेल्ने सरकारको आँकलन रहेको उनले बताइन् । यस वर्ष विद्यार्थी भर्ना बढ्न सफल भएको भन्दै प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई बधाई दिइन् । ठूलो संख्यामा नेपाली विद्यार्थी विदेशिन बाध्य रहेको अवस्थामा देशमै गुणस्तरीय र किफायती अध्ययन वातावरण विकास गर्नु जरूरी भएको उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
विपक्षीलाई एमालेको जवाफ- रास्वपाको ५ बुँदे प्रस्तावमा छलफल नै हुँदैन
विपक्षीलाई एमालेको जवाफ- रास्वपाको ५ बुँदे प्रस्तावमा छलफल नै हुँदैन
जेनजी आन्दोलनमा क्षति बेहोरेका व्यवसायीले ३० दिनभित्र कर कार्यालयलाई जानकारी दिनुपर्ने
जेनजी आन्दोलनमा क्षति बेहोरेका व्यवसायीले ३० दिनभित्र कर कार्यालयलाई जानकारी दिनुपर्ने
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ : ईश्वर पोखरेल
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ : ईश्वर पोखरेल
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
बंगलादेशमा हसिनासहित सिंगो मन्त्रिपरिषदमाथि मुद्धा दर्ता
बंगलादेशमा हसिनासहित सिंगो मन्त्रिपरिषदमाथि मुद्धा दर्ता
सेयर बजारमा १० अंकको गिरावट, ९ अर्ब १२ करोडको कारोबार
सेयर बजारमा १० अंकको गिरावट, ९ अर्ब १२ करोडको कारोबार
घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीविरुद्ध मुद्दा दायर
घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीविरुद्ध मुद्दा दायर
वित्तीय प्रणालीमा पैसा धेरै भएपछि आज राष्ट्र बैंकले ७० अर्ब झिक्दै
वित्तीय प्रणालीमा पैसा धेरै भएपछि आज राष्ट्र बैंकले ७० अर्ब झिक्दै
सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुलाइँदै
सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुलाइँदै