प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री रामनाथ अधिकारीको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २४, २०८२
|
|
३० पटक हेरिएको
Shares
प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री रामनाथ अधिकारीको घोषणा

सारांश

  • नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
  • धादिङ क्षेत्र नम्बर-२ क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकमा उनले २१ फागुनका लागि हुने निर्वाचनका लागि आफ्नो दाबी नरहने घोषणा गरेका हुन् ।
  • अघिल्लो सरकारमा कृषि तथा पशुपन्छी विकासमन्त्री रहेका नेता अधिकारीले अनलाइनखबरसँग आफूले उम्मेदवारीमा दाबी नगरेको प्रतिक्रिया दिएका छन् ।

२४ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । धादिङ क्षेत्र नम्बर-२ क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकमा उनले २१ फागुनका लागि हुने निर्वाचनका लागि आफ्नो दाबी नरहने घोषणा गरेका हुन् । अघिल्लो सरकारमा कृषि तथा पशुपन्छी विकासमन्त्री रहेका नेता अधिकारीले अनलाइनखबरसँग आफूले उम्मेदवारीमा दाबी नगरेको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा राखिएको एक भिडियोमा अधिकारीले भनेका छन्, ‘अनेक सन्दर्भ उठेका छन् । सन्दर्भलाई ध्यानमा राखेर यो उम्मेदवारीबाट बाहिरै रहने प्रण मैले गरेको छु ।’उनले उम्मेदवारीका लागि आफ्नो दाबी नरहे पनि पार्टीलाई निर्वाचनमा जिताउने जिम्मेवारी भने रहेको बताएका छन् ।

‘यति कुरा भनिरहँदा निर्वाचन जिताउने जिम्मेवारी पनि मसँग छ,’ अधिकारीले भनेका छन्, ‘मलाई राम्रो ढंगबाट जानकारी छ ।’ पूर्वमन्त्री अधिकारीले गत निर्वाचनमा आफ्ना लागि मत माग्न गाउँ–गाउँ पुगेको स्मरण गर्दै आशन्न निर्वाचनमा पनि मत माग्न गाउँ–गाउँ पुग्ने इच्छा रहेको बताए । ‘आजभन्दा तीन वर्ष अगाडि तपाईंहरू सबैलाई लिएर म गाउँ–गाउँ र बस्ती–बस्ती चहारेको हुँ,’ उनले विगतको निर्वाचन स्मरण गर्दै भनेका छन्, ‘त्यो बस्ती–बस्ती र गाउँ–गाउँमा जाने उद्देश्य मसँग छ, नेपाली कांग्रेसलाई भोट माग्नका लागि ।’ जिल्ला सभापति अधिकारीले अहिले आन्तरिक विवाद गर्ने समय नभएको जिकिर गर्दै बैठकमा सकेसम्म एकमात्र उम्मेदवारको नाम सिफासि गर्नुपर्नेमा पनि जोड दिएका छन् । ‘सम्भव भएसम्म एक जनाको मात्रै सिफारिस गरौं । अहिले विवाद गर्ने समय होइन,’ अधिकारीले भनेका छन्, ‘आगामी दिनमा विद्रोही उम्मेदवार उठ्नेदेखि यावत कुरा नआओस् ।

त्यो परिस्थिति आउन दिन हुन्न । किन भने हामीले लडेर ल्याएको अधिकार बाहिर सक्ने सम्भावना हाम्रै हातबाट पनि हुन सक्छ ।’ २१ फागुनका लागि तय भएको निर्वाचनमा कांग्रेस पराजित भए प्रजातन्त्र खतरामा पर्ने उनको भनाइ थियो । ‘निर्वाचनमा हामीले राम्रोसँग क्रियाशीलता देखाएनौं र कांग्रेसले हार्‍यो भने यो मुलुकबाट प्रजातन्त्र जान्छ,’ अधिकारीको भनाइ छ, ‘यस कारणले पनि प्रजातन्त्रको रक्षार्थ म सबै साथीहरूलाई एक भएर नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले तोकेको उम्मेदवारलाई विजयी बनाउनका लागि सबैजना साथीहरू एक मन, एक चित्त बनाएर अगाडि बढ्नका लागि सबैसँग आग्रह गर्दै पार्टीले पठाएको निर्देशन पालना गर्दै अगाडि बढ्न सबै साथीहरूलाई निवेदन गर्न चाहन्छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस शेखर–गगन पक्षको भेला सुरु
कांग्रेस शेखर–गगन पक्षको भेला सुरु
एमालेको प्रथम केन्द्रीय कमिटी बैठकमा ओली- आर्मीले मार्च गरेजस्तो ताल मिलाएर अगाडि बढ्नेछौँ
एमालेको प्रथम केन्द्रीय कमिटी बैठकमा ओली- आर्मीले मार्च गरेजस्तो ताल मिलाएर अगाडि बढ्नेछौँ
सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य
सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य
बागमती प्रदेश : डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति
बागमती प्रदेश : डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति
विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न काठमाडौँ महानगरको निर्देशन
विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न काठमाडौँ महानगरको निर्देशन
आधा किलो बढी सुन र ३ किलो चाँदीसहित काठमाडौंबाट एक भारतीय पक्राउ
आधा किलो बढी सुन र ३ किलो चाँदीसहित काठमाडौंबाट एक भारतीय पक्राउ
रौतहटमा एक पुरुष मृ*त फेला
रौतहटमा एक पुरुष मृ*त फेला
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो
सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु
सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु
बजेटमा दोहोरोपना छैन : प्रधानमन्त्री
बजेटमा दोहोरोपना छैन : प्रधानमन्त्री