बूढानीलकण्ठ क्षेत्रमा १ सय ८१ वटा सीसी क्यामरा जडान, उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २१, २०८०
|
|
२२ पटक हेरिएको
Shares
बूढानीलकण्ठ क्षेत्रमा १ सय ८१ वटा सीसी क्यामरा जडान, उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने

सारांश

  • काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी शुरू गरेको छ ।
  • ​ प्रविधिमैत्री प्रहरीको अवधारणा बमोजिम बूढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित एक सय ८१ वटा सीसी क्यामरा जडान भएसँगै अब सो क्षेत्रका गतिविधि उपत्यका प्रहरीको नियन्त्रण कक्षबाट प्रत्यक्षरुपमा निगरानी हुन लागेको हो ।
  • ‘सुरक्षित काठमाडौं उपत्यका  हाम्रो प्रतिबद्धता’ भन्ने अभियानलाई साकार पार्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त प्रयासमा सीसी क्यामरा जडान भई आज उद्घाटन  गरिएको हो ।

२१ माघ, काठमाडौँ । काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी शुरू गरेको छ ।​

प्रविधिमैत्री प्रहरीको अवधारणा बमोजिम बूढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित एक सय ८१ वटा सीसी क्यामरा जडान भएसँगै अब सो क्षेत्रका गतिविधि उपत्यका प्रहरीको नियन्त्रण कक्षबाट प्रत्यक्षरुपमा निगरानी हुन लागेको हो । ‘सुरक्षित काठमाडौं उपत्यका  हाम्रो प्रतिबद्धता’ भन्ने अभियानलाई साकार पार्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त प्रयासमा सीसी क्यामरा जडान भई आज उद्घाटन  गरिएको हो । गत वैशाख १२ गते रु पाँच करोडमा सम्झौता भइ सीसी क्यामरा जडान शुरू भएको थियो । जडान सम्पन्न भएसँगै आजदेखि उपत्यका प्रहरीले सो क्षेत्रको निगरानी शुरू गरिसकेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले संयुक्तरुपमा सीसी क्यामराको उद्घाटन गरे ।

सुरक्षित काठमाडौं योजनाअन्तर्गत बूढानीलकण्ठ रुट, मानबहादुर मार्ग–चुनिखेल रुट र कपन रुटका ७९ स्थानमा सात पिटीजेडसहित एक सय ७४ स्थायी सीसी क्यामरा गरी जम्मा एक सय ८१ थान एआईमा आधारित सीसी क्यामरा जडान गरिएको प्रवक्ता मैनालीले बताए । त्यस अवसरमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बूढानीलकण्ठ क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयसँग हातेमालो गर्दै जाने बताए । प्रथम चरणमा सीसीटीभी जडान सकिएको र अब पुनः दोस्रो चरणमा समेत सहयोग उपलब्ध गराइने उनले जानकारी गराए । समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक थापाले सीसीटीभी क्यामराले उक्त इलाकामा शान्ति, सुरक्षाका साथै समग्रमा काठमाडौं उपत्यकाको आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्नेमा विश्वास व्यक्त गराए । उनले आगामी दिनमा समेत उक्त नगरपालिकासँग सहकार्य गर्दै जाने बताए ।  कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामा, प्रहरी नायब महानिरीक्षक दुर्गा सिंह, प्रहरी वरिष्ठ उपरीक्षकहरू र वडा अध्यक्षहरू लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ
बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ
तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका छन्ः वनमन्त्री शाही
हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका छन्ः वनमन्त्री शाही
तोलामा ६ हजार ९ सय रुपैयाँ घट्यो सुन
तोलामा ६ हजार ९ सय रुपैयाँ घट्यो सुन
विपद् व्यवस्थापनमा सबै तह र क्षेत्रको सहभागिता आवश्यक
विपद् व्यवस्थापनमा सबै तह र क्षेत्रको सहभागिता आवश्यक
मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान
मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान
माझफाँट–लेकफाँट सडक कालोपत्र
माझफाँट–लेकफाँट सडक कालोपत्र
बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त,उद्धार एवम् राहतमा जुट्न निर्देशन
बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त,उद्धार एवम् राहतमा जुट्न निर्देशन
गाजा युद्ध अन्त्य र बन्धकको रिहाइको माग गर्दै इजरायलमा विशाल प्रदर्शन
गाजा युद्ध अन्त्य र बन्धकको रिहाइको माग गर्दै इजरायलमा विशाल प्रदर्शन
आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दै नेपाली टोली
आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दै नेपाली टोली