लामो समयदेखि रोकिएको किसानको दूधको चार अर्ब भुक्तानी
२३ मंसिर, काठमाडौं ।
लामो समयदेखि रोकिएको किसानको दूधको करिब चार अर्ब रुपियाँ भुक्तानी भएको छ । दुग्ध विकास संस्थान (डिडिसी) ले १ अर्ब र निजी डेरी उद्योगहरूले करिब ३ अर्ब रुपियाँ भुक्तानी गरेपछि आन्दोलित किसानले राहत पाएका हुन् ।

संस्थान र निजी डेरीहरूले गोदाममा थुप्रिएको धुलो दुध (पाउडर) र बटर बिक्री गरेर किसानको बक्यौता रकम तिरेका हुन् । डिडिसीले अझै ४५ करोड रुपियाँ (तीन महिनाको) तिर्न बाँकी रहेको जनाएको छ भने निजी डेरीहरूको अधिकांश भुक्तानी सकिएको छ । कृषि मन्त्रालयका अनुसार पछिल्लो समय मुलुकमा दूधको उत्पादन पनि बढ्दो क्रममा रहेको छ ।




Post Comment