एनपीएलमा आज मंगलबार दुई खेल हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १६, २०८२
|
|
४९ पटक हेरिएको
Shares
एनपीएलमा आज मंगलबार दुई खेल हुँदै

सारांश

  • दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन् ।
  • सोमबार कुनै खेल नभएको प्रतियोगितामा आज दुई खेल हुन लागेका हुन् ।
  • मंगलबारको पहिलो खेलमा जनकपुर र चितवनले प्रतिस्पर्धा गर्नेछन् भने खेल बिहान ११ ः ४५ मा सुरु हुँदैछ ।

१५ मंसिर, काठमाडौं ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । सोमबार कुनै खेल नभएको प्रतियोगितामा आज दुई खेल हुन लागेका हुन् । मंगलबारको पहिलो खेलमा जनकपुर र चितवनले प्रतिस्पर्धा गर्नेछन् भने खेल बिहान ११ ः ४५ मा सुरु हुँदैछ । दोस्रो खेलमा पोखरा र कर्णाली अपराह्न ४ बजे भिड्ने छन् । साविक विजेता जनकपुर यो सिजना खाता खोल्न संघर्ष गरिरहेको छ । चार खेलमा जितबिहीन जनकपुरका लागि जितको खाँचो छ । चार अंक जोडेको चितवन भने जनकपुरलाई हराउँदै प्लेअफ पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।

दोस्रो खेलमा पोखरा र कर्णाली याक्स भिड्दैछन् । दुवै टिम संघर्ष गरिरहेका छन् । तालिकामा पोखरा र कर्णालीको दुईदुई अंक मात्र छ । कर्णालीले पाँच खेल खेलिसकेको छ भने पोखराले चार खेल मात्र खेलेको छ । १९ खेल सकिँदा अंक तालिका भने रोचक बनेको छ । अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ । एक खेल मात्र खेल्न बाँकी रहेको काठमाण्डुले दुई खेल गुमाएर ८ अंक बनाएको छ । पाँच खेलमा एक खेल गुमाएको विराटनगरको समेत समान ८ अंक रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने
मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने
एमाले सचिव विष्टको आग्रह : महाधिवेशन प्रतिनिधि सार्वभौम र जिम्मेवार बनेर पार्टीलाई पुनर्गठित गर्नुपर्छ
एमाले सचिव विष्टको आग्रह : महाधिवेशन प्रतिनिधि सार्वभौम र जिम्मेवार बनेर पार्टीलाई पुनर्गठित गर्नुपर्छ
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त
जनकपुर–जयनगर रेलसेवा ३ दिन बन्द
जनकपुर–जयनगर रेलसेवा ३ दिन बन्द
अर्यालले सम्हाले गृहमन्त्रीको पदभार
अर्यालले सम्हाले गृहमन्त्रीको पदभार
जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन जरुरी : उपेन्द्र यादव
जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन जरुरी : उपेन्द्र यादव
रविलाई पक्राउ गर्ने योजना तत्काललाई ‘होल्ड’, निगरानी भने जारी रहने
रविलाई पक्राउ गर्ने योजना तत्काललाई ‘होल्ड’, निगरानी भने जारी रहने
भरत दाहाल छाड्ने सर्वोच्चको आदेश भन्छ– ‘विचार राख्नु उनको स्वतन्त्रता’
भरत दाहाल छाड्ने सर्वोच्चको आदेश भन्छ– ‘विचार राख्नु उनको स्वतन्त्रता’
उपराष्ट्रपति यादव र सार्क महासचिवबीच शिष्टाचार भेटवार्ता
उपराष्ट्रपति यादव र सार्क महासचिवबीच शिष्टाचार भेटवार्ता
इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित
इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित