मेडिकल शिक्षाको २ हजार ३० सिट निर्धारण, कुन कलेजले कति पाए कोटा?
१५ मंसिर, काठमाडौं ।
चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षाको स्नातकोत्तर तह पीजीतर्फ (एमडी, एमएस, नर्सिङ्ग) लगायत विषयका लागि सिट निर्धारण गरेको छ। आयोगले आगामी शैक्षिक सत्रका लागि २ हजार ३० सिट निर्धारण गरेको हो। जसमा सरकारी मेडिकल कलेजले १ हजार ३१ सिट पाएका छन् भने निजी मेडिकल कलेजले ९ सय ९९ सिट पाएका छन्। देशभर १८ सरकारी र २७ निजी मेडिकल कलेजले पीजी तहको पठनपाठन गर्दै आएका छन्। गत वर्षभन्दा सरकारीमा केही सिट बढेको र निजीमा केही सिट घटेको आयोगले जनाएको छ।

सरकारीतर्फ सबैभन्दा बढी राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) ले २ सय ४५ सिटको कोटा पाएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ सय ४ सिट तोकिएको छ। महाराजगन्ज क्याम्पस (शिक्षण अस्पताल) मा १ सय १८ सिट निर्धारण गरिएको छ। यस बर्षदेखि चिकित्सा शिक्षाको पठनपाठन सुरु गरेको सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायले दुई सिट पाएको छ। त्रिभुवन विश्वविद्यालयको आयुर्वेद क्याम्पसमा ४ सिट तोकिएको छ। निजीतर्फ सबै भन्दा बढी काठमाडौँ विश्वविद्यालय धुलिखेल अस्पतालले १२७ सिट पाएको छ। चितवन मेडिकल कलेजले ८९,नेशनल मेडिकल कलेजले ८१, काठमाडौँ मेडिकल कलेजले ५८ सिट पाएका छन्। आयोगले आइतवार २६ औँ बैठक राखेर सिट निधारण गरेको जनाएको थियो।




Post Comment