चीनले नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण ग¥यो
१५ मंसिर, काठमाडौं ।
चीनले आइतबार हाइनान प्रान्तस्थित वेनचाङ स्पेसक्राफ्ट लञ्च साइटबाट नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । ‘शिजियान–२८’ नामक उपग्रह स्थानीय समय अनुसार बेलुका ८ः२० बजे परिमार्जित लङ मार्च–७ बुस्टर रकेटमार्फत अन्तरिक्षतर्फ पठाइएको हो ।

उपग्रहले आफू निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको चिनियाँ सरकारी निकायहरूले जनाएका छन् । यो प्रक्षेपण लङ मार्च श्रृंखलाका रकेटहरूको ६११ औँ उडान मिशन रहेको चीनको अन्तरिक्ष कार्यक्रमले जनाएको छ । शिजियान–२८ उपग्रह वैज्ञानिक अनुसन्धान तथा प्रविधि परीक्षणका विभिन्न उद्देश्यका लागि प्रक्षेपण गरिएको बताइएको छ ।

Related posts:
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी



Post Comment