तीन नयाँ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १५, २०८२
|
|
१९ पटक हेरिएको
Shares
तीन नयाँ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

सारांश

  • सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला, मिडिल लिखु र छोमरोङ खोला जलविद्युत् आयोजनालाई आधिकारिक उत्पादन अनुमति जारी गरेको हो।
  • ४५ मेगावाट क्षमताको चुम्चेत स्यार खोला जलविद्युत् आयोजना चिलिमे जलविद्युत् कम्पनीले गोरखाको चुम्चेत क्षेत्र बुढीगण्डकी नदीमा निर्माण गर्नेछ ।

१५ मंसिर, काठमाडौं ।

सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला, मिडिल लिखु र छोमरोङ खोला जलविद्युत् आयोजनालाई आधिकारिक उत्पादन अनुमति जारी गरेको हो। ४५ मेगावाट क्षमताको चुम्चेत स्यार खोला जलविद्युत् आयोजना चिलिमे जलविद्युत् कम्पनीले गोरखाको चुम्चेत क्षेत्र बुढीगण्डकी नदीमा निर्माण गर्नेछ ।

नदी प्रवाही प्रकृतिको यस आयोजनाबाट वार्षिक करिब ३४८ गिगावाट–घण्टा ऊर्जा उत्पादन हुने अनुमान छ । उत्पादित विद्युत् ११० किमी लामो २२० केभी प्रसारण लाइनमार्फत न्यू बुढीगण्डकी प्रोक सबस्टेसनमा जोडिनेछ । रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी आयोजना पूरा भइसकेकाले चिलिमे कम्पनीका लागि स्यार खोला अर्को महत्त्वपूर्ण परियोजनाका रूपमा रहेको विभागले बताएको छ । यस्तै, विभागले ८.६० मेगावाट क्षमताको मिडिल लिखु जलविद्युत् आयोजना (रामेछाप, साँघुटार) र ४.८९ मेगावाट क्षमताको छोमरोङ खोला जलविद्युत् आयोजना (घान्द्रुक) लाई पनि उत्पादन अनुमति प्रदान गरेको छ ।

विभागका अनुसार हालसम्म कुल २६३ जलविद्युत् परियोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेका छन्, जसको संयुक्त क्षमता ११ हजार ९७ मेगावाट पुगेको छ । चालू आर्थिक वर्षमा मात्र १३ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति दिइएको उल्लेख छ । यस्तै, हालसम्म १९३ आयोजनाले सर्वेक्षण अनुमतिका लागि विभागमा आवेदन दिएका छन् । चालू आर्थिक वर्षमा मात्रै ४२ नयाँ आवेदन परेको विभागले जनाएको छ । ती प्रस्तावित आयोजनाहरूको संयुक्त क्षमता करिब ९ हजार ६८९ मेगावाट रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव सम्पन्न, श्रद्धालुहरु घर फर्किए
सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव सम्पन्न, श्रद्धालुहरु घर फर्किए
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप  समिति गठन
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप  समिति गठन
मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार हो : डा.वाग्ले
मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार हो : डा.वाग्ले
१० करोडको चेक बाउन्समा ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ
१० करोडको चेक बाउन्समा ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ
एनआरएनएको एकता महाधिवेशनमा अवरोध नगर्न सर्वोच्चको पत्राचार
एनआरएनएको एकता महाधिवेशनमा अवरोध नगर्न सर्वोच्चको पत्राचार
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै
सामान्य सुरक्षाकर्मी हुँ, जोखिम उठाएर चुनावी मैदानमा छु : राजु पाण्डे
सामान्य सुरक्षाकर्मी हुँ, जोखिम उठाएर चुनावी मैदानमा छु : राजु पाण्डे
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २८ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २८ निर्णय
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, चाँडै जिम्मेवारी बाँडफाँट हुने
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, चाँडै जिम्मेवारी बाँडफाँट हुने
भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ
भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ