कांग्रेसमा जुट्यो सहमति, २६–२९ पुसमा महाधिवेशन हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८२
|
|
३५ पटक हेरिएको
Shares
कांग्रेसमा जुट्यो सहमति, २६–२९ पुसमा महाधिवेशन हुने

सारांश

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति तय गर्न नेताहरूले गृहकार्य गरिरहेका छन् ।
  • कांग्रेसले आगामी २६ देखि २९ पुसमा महाधिवेशन गर्ने लगभग पक्का भएको छ ।
  • यो मिति भोलिको केन्द्रीय समिति बैठकबाट पारित हुने एक नेताले जानकारी दिए ।

१४ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति तय गर्न नेताहरूले गृहकार्य गरिरहेका छन् । कांग्रेसले आगामी २६ देखि २९ पुसमा महाधिवेशन गर्ने लगभग पक्का भएको छ । यो मिति भोलिको केन्द्रीय समिति बैठकबाट पारित हुने एक नेताले जानकारी दिए । आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफलबाट यस्तो सहमति जुटेको बताइएको छ ।

सोमबारको केन्द्रीय समिति बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति खड्काले नै पेस गर्नेछन् । कार्यवाहक सभापतिको प्रस्ताव छलफलका लागि नभएर निर्णयार्थ पेस हुनेछ । यसअघि पार्टीका महामन्त्री थापा र सहमहामन्त्री महेन्द्र यादवको महाधिवेशनका फरक–फरक प्रस्तावमा भने कुनै छलफल हुने छैन । संस्थापनका केन्द्रीय सदस्यहरूको आइतबारको भेलाले यादवको प्रस्तावलाई बहुमतबाट पारित गराउने निष्कर्ष निकालेको थियो । कांग्रेसको २८ असोजदेखि जारी केन्द्रीय समिति बैठक पटक–पटक सर्दै सोमबारका लागि तय गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश
नेपाल महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश
बालुवाटारमा जुटेन दलहरूबिच सहमति
बालुवाटारमा जुटेन दलहरूबिच सहमति
नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले लिए शपथ, आजै राष्ट्र बैंक पुगेर कार्यभार सम्हाल्ने
नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले लिए शपथ, आजै राष्ट्र बैंक पुगेर कार्यभार सम्हाल्ने
नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै
नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
लागुऔषध गाँजासहित गाडी नियन्त्रणमा
लागुऔषध गाँजासहित गाडी नियन्त्रणमा
नर्वे विश्वकपको क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो
नर्वे विश्वकपको क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो
१७ जिल्लामा आकस्मिक बाढीको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह
१७ जिल्लामा आकस्मिक बाढीको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
सीमाको समस्या समाधानका लागि स्थलगत अध्ययन आवश्यक : गृहमन्त्री गुरुङ
सीमाको समस्या समाधानका लागि स्थलगत अध्ययन आवश्यक : गृहमन्त्री गुरुङ