१२ मंसिर, काठमाडौं ।
सुनको भाउ फेरि साढे २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार २ सय रुपैयाँ बढी हो । अघिल्लो दिन सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

विगत एक सातामा सुनको भाउ करिब ९ हजार बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ थियो । सुनको भाउ यसअघि असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ रेकर्ड नजिक पुगेको छ । महासंघले आजका लागि चाँदी प्रतितोला ३३४५ रुपैयाँ तोकेको छ । यसअघि असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको छ । चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रुपैयाँ बढेको हो । अघिल्लो दिन ३२८० रुपैयाँ प्रतितोलामा चाँदी कारोबार भएको थियो ।

Post Comment