बागमती नदी कोरिडोरलाई सफा राख्न मन्त्री घिसिङको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
बागमती नदी कोरिडोरलाई सफा राख्न मन्त्री घिसिङको निर्देशन

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बागमती नदी करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइका विषयमा जानकारी लिएका छन् ।
  • मन्त्री घिसिङले शनिबार बिहान बागमती नदी कोरिडोरअन्तर्गत गुहेश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेका हुन् ।
  •   जम्बुडाँडा क्षेत्रमा ढल जाम हुँदा नदीमा मिसिएको छ ।

६ मंसिर, काठमाडौँ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बागमती नदी करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइका विषयमा जानकारी लिएका छन् । मन्त्री घिसिङले शनिबार बिहान बागमती नदी कोरिडोरअन्तर्गत गुहेश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेका हुन् ।  जम्बुडाँडा क्षेत्रमा ढल जाम हुँदा नदीमा मिसिएको छ । ढल मर्मत हुन नसक्दा त्यस क्षेत्रको सडक पनि बिग्रिएको छ । ढल तथा सडक मर्मतका लागि ठेक्का लगाइएको भए पनि काम सन्तोषजनक छैन । मन्त्री घिसिङले मर्मत कार्यको जानकारी लिँदै एक महिनाभित्र सक्ने गरी जनशक्ति थप गरी काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए ।

नदी सफा भएमा मात्र शहर सफा हुने भन्दै उनले बागमतीलाई सफा बनाउन ढल व्यवस्थापन, कोरिडोरका सडक मर्मत र नदीमा फालिएको फोहोर हटाउने काम उच्च प्राथमकितामा राखी सोहीबमोजिम काम अगाडि बढाइएको बताए । गुहेश्वरी–गोकर्ण खण्डका नदी कोरिडोरको किनारमा बेवारिसे अवस्थामा रहेका सवारीसाधन हटाइएको छ । नदीमा फालिएको फोहोर र त्यहाँ रहेको लेदो  हटाउन सुरु गरिएको छ । सबै फोहोर हटाएर त्यस क्षेत्रमा रहेको चेक बाँधलाई सञ्चालनमा ल्याएर सानासाना तलाउ बनाएर पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने गरी काम भइरहेको मन्त्री घिसिङले उल्लेख गरे । हाल चेक बाँध बनाइएको तर नदीमा फोहोर र लेदो जम्मा हुँदा प्रयोगमा आउन सकिरहेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल’ बैठक बस्दै
असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल’ बैठक बस्दै
तिलोत्तमामा कारको ठक्करबाट विद्यार्थीको मृत्यु
तिलोत्तमामा कारको ठक्करबाट विद्यार्थीको मृत्यु
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त
सेयर बजारका सबै सूचक झरे, नेप्से २६ सयभन्दा तल
सेयर बजारका सबै सूचक झरे, नेप्से २६ सयभन्दा तल
काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट
काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली
दुई तिहाइको शक्तिशाली मन्त्रालय कसरी चल्दै छन्   ?
दुई तिहाइको शक्तिशाली मन्त्रालय कसरी चल्दै छन् ?
राप्रपाका सांसदहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने
राप्रपाका सांसदहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने
गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था, कृषि मन्त्रालयलाई ५७ अर्ब
गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था, कृषि मन्त्रालयलाई ५७ अर्ब
गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड
गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड