बेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धान्जली सभा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ५, २०८२
|
|
९४ पटक हेरिएको
Shares
बेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धान्जली सभा

सारांश

  • गत साता लन्डन, एजवेयरस्थित आफ्नै डेरामा निधन भएका विद्यार्थी, योमन चन्दको सम्झनामा श्रद्धान्जली सभा आयोजना गरी उनलाई अन्तिम बिदाइ गरिएको छ ।
  • केन्टनस्थित डिभिनिटी फ्युनरल केयरमा बिहीबार अपरान्ह आयोजित सभामा स्व चन्दको परिवारका सदस्य, साथीहरु, पूर्व सहकर्मी तथा नेपाली समुदायका अगुवाहरुको सहभागिता थियो ।
  • श्रद्धान्जली व्यक्त गर्दै बन्र्टओक नेपाली समाजका अध्यक्ष खमिर जंग गुरुङले उच्च अध्ययनका लागि ठूलो सपना बोकेर बेलायत आएका विद्यार्थी योमनको निधन उनको परिवार मात्रै नभएर समुदायकै क्षति भएको बताए ।

५ मंसिर, लन्डन ।

गत साता लन्डन, एजवेयरस्थित आफ्नै डेरामा निधन भएका विद्यार्थी, योमन चन्दको सम्झनामा श्रद्धान्जली सभा आयोजना गरी उनलाई अन्तिम बिदाइ गरिएको छ । केन्टनस्थित डिभिनिटी फ्युनरल केयरमा बिहीबार अपरान्ह आयोजित सभामा स्व चन्दको परिवारका सदस्य, साथीहरु, पूर्व सहकर्मी तथा नेपाली समुदायका अगुवाहरुको सहभागिता थियो ।

श्रद्धान्जली व्यक्त गर्दै बन्र्टओक नेपाली समाजका अध्यक्ष खमिर जंग गुरुङले उच्च अध्ययनका लागि ठूलो सपना बोकेर बेलायत आएका विद्यार्थी योमनको निधन उनको परिवार मात्रै नभएर समुदायकै क्षति भएको बताए ।  उनले परिवारको आग्रह अनुसार स्व योमनको शव नेपाल पठाउन आर्थिक सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिए । बन्र्टओक नेपाली समाजका उपाध्यक्ष मुरारी थापाले छोटो समयमै विभिन्न संघसंस्था तथा व्यक्तिबाट करिब २० हजार पौण्ड (झन्डै ३७ लाख रुपियाँ) बराबरको सहयोग संकलन भएको जानकारी दिए । एम्पल इन्टरन्याशनल एडुकेशनका निर्देशक प्रमोद अधिकारीले आफु सन् २०१० मा विद्यार्थीको रुपमा बेलायत आएको स्मरण गर्दै स्व योमनको निधनबाट आफुहरु मर्माहत भएको बताए ।

उनले दुखको घडीमा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नु पर्ने पनि बताए । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले मर्दापर्दा सहयोग गर्ने नेपाली संस्कृति नै भएको भन्दै स्व योमनको शव नेपाल पठाउन पारदर्शी रुपमा सहयोग संकलन गरिएको र बेलायतस्थित नेपाली समुदायबाट छोटो समयमै उल्लेख्य सहयोग प्राप्त भएको बताए ।  उनले अर्थ संकलनमा विशेष सहयोग गरेका बन्र्टओक नेपाली समाज, हार्लो नेप्लिज कम्युनिटी, नेप्लिज ब्रिटिश कम्युनिटी, राप्ती समाज युके, ठकुरी समाज युके, एनआरएनए स्कटल्याण्ड, युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्याण्डका विद्यार्थीहरु, सुदूर पश्चिम विद्यार्थी समाज  लगायत सम्पूर्ण संघसंस्था तथा सबै सहयोगीहरुलाई धन्यवाद दिए ।

एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको दार्मा गाउँपालिका वडा नं ३  निवासी  योमन चन्दको गत मंगलबार (११ नोभेम्बर) आकस्मिक  निधन भएको थियो । युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ पुरा गरेर गत साता नै सर्टिफिकेट लिने योजना बनाएका  थिए । उनको शव शुक्रबार कतार एयरवेजबाट काठमाडौँ पठाइने र त्यसपछि सल्यानस्थित आफ्नै गाउँमा लगेर अन्तिम संस्कार गरिने उनको परिवारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेखरले दिए आफू निकटका मन्त्रीलाई राजीनामा गर्न निर्देशन
शेखरले दिए आफू निकटका मन्त्रीलाई राजीनामा गर्न निर्देशन
नेपाल बार निर्वाचन : कसको मत कति ?
नेपाल बार निर्वाचन : कसको मत कति ?
सञ्चारमाध्यमलाई निसाना बनाउनेलाई कारबाही गर्छौं : गृहमन्त्री लेखक
सञ्चारमाध्यमलाई निसाना बनाउनेलाई कारबाही गर्छौं : गृहमन्त्री लेखक
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
ट्राफिक प्रहरीको कमाउखाउ केन्द्र बिन्दु बन्दै बारा
ट्राफिक प्रहरीको कमाउखाउ केन्द्र बिन्दु बन्दै बारा
शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री पोखरेल
शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री पोखरेल
नेपाली कांग्रेसले डाक्यो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक
नेपाली कांग्रेसले डाक्यो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक
ओली सरकार असफल भयो, यो सरकार आफैँ कुहिएर झर्छ : दीनानाथ शर्मा
ओली सरकार असफल भयो, यो सरकार आफैँ कुहिएर झर्छ : दीनानाथ शर्मा
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
जेनजी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो
जेनजी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो