विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ३, २०८२
|
|
२३ पटक हेरिएको
Shares
विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू

सारांश

  • सुरक्षाको नाममा पर्यटकसँग दोहोरो चेकजाँच गर्दै आएको प्रचलन हटाउन नेपाल प्रहरीले नयाँ व्यवस्था लागू गरेको छ ।
  • वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनलाई अब सीमाक्षेत्रमा एक पटक मात्र सुरक्षा जाँच गरी देशभित्र पुनः जाँच गर्न नपर्ने व्यवस्था आजदेखि लागू भएको हो ।
  • नेपाल प्रहरीको मधेस प्रदेश कार्यालय जनकपुरको निर्देशनमा जिल्ला प्रहरी कार्यालय, पर्साले सीमाक्षेत्रमै सम्पूर्ण कागजात जाँच, भन्सार प्रक्रिया र आवश्यक व्यवस्थापन गर्ने प्रणाली गतिशील रूपमा लागू गरेको छ ।

 

३ मंसिर, वीरगन्ज ।

सुरक्षाको नाममा पर्यटकसँग दोहोरो चेकजाँच गर्दै आएको प्रचलन हटाउन नेपाल प्रहरीले नयाँ व्यवस्था लागू गरेको छ । वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनलाई अब सीमाक्षेत्रमा एक पटक मात्र सुरक्षा जाँच गरी देशभित्र पुनः जाँच गर्न नपर्ने व्यवस्था आजदेखि लागू भएको हो । नेपाल प्रहरीको मधेस प्रदेश कार्यालय जनकपुरको निर्देशनमा जिल्ला प्रहरी कार्यालय, पर्साले सीमाक्षेत्रमै सम्पूर्ण कागजात जाँच, भन्सार प्रक्रिया र आवश्यक व्यवस्थापन गर्ने प्रणाली गतिशील रूपमा लागू गरेको छ ।

प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठकका अनुसार, सीमामा जाँच पूरा भएपछि उक्त सवारी साधनको नम्बर, कागजात विवरण र सूचनाहरू प्रदेशभित्रका सम्बन्धित प्रहरी चौकी तथा कार्यालयमा पूर्व–सूचना स्वरूप पठाइनेछ । “यसपछि मधेस प्रदेशका अन्य नाकामा पुनः रोकावट वा चेकजाँच गरिने छैन,”एसपी पाठकले जानकारी दिए । उनका अनुसार यतिअघि चेकजाँचको नाममा भारतीय नम्बरका सवारी साधनमा यात्रासहित आउने पर्यटकहरूलाई अनावश्यक झन्झट र समय बर्बाद हुने गरेको गुनासो बढ्दै आएको थियो । सुरक्षालाई ध्यानमा राख्दै यात्रुलाई सहज र सम्मानजनक सेवा दिन नयाँ विधि लागू भएको उनले बताए । पर्यटन प्रवद्र्धनमा सहयोग

नयाँ व्यवस्थाले वीरगन्ज हुँदै नेपाल प्रवेश गर्ने पर्यटकमैत्री वातावरण निर्माण गर्ने विश्वास प्रहरीले लिएको छ । एसपी पाठकले भने, ‘यो व्यवस्था लागू भएपछि यात्रु–अनुकूल वातावरण बन्नेछ र यसले पर्यटन प्रवद्र्धनमा पनि सकारात्मक टेवा पु¥याउनेछ ।’ यससँगै विदेशी सवारी व्यवस्थापन र नाका अनुगमन प्रक्रियालाई आधुनिक, सरल र व्यवस्थित बनाउन प्रहरीले दीर्घकालीन संरचनागत सुधारको तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
कांग्रेस नेता बलबहादुर केसी नेतृत्वको टोली चीन भ्रमणमा
कांग्रेस नेता बलबहादुर केसी नेतृत्वको टोली चीन भ्रमणमा
भारतीय भूमिमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव
भारतीय भूमिमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव
रौतहटबाट ३ सय ३४ केजी गाँजा बरामद
रौतहटबाट ३ सय ३४ केजी गाँजा बरामद
एमाले चितवनद्वारा ओली–लेखकको रिहाइ र उच्चस्तरीय छानबिन आयोग गठनको माग
एमाले चितवनद्वारा ओली–लेखकको रिहाइ र उच्चस्तरीय छानबिन आयोग गठनको माग
आज यी ६५ जिल्लामा बाढीको जोखिम
आज यी ६५ जिल्लामा बाढीको जोखिम
एकैपटक ६६५ प्रहरी निरीक्षकको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
एकैपटक ६६५ प्रहरी निरीक्षकको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
कपिलवस्तुमा यात्रुबाहक बस र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु
कपिलवस्तुमा यात्रुबाहक बस र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु