१६ मंसिर २०८२, सोमबार

मधेश प्रदेशसभाको बैठक बस्दै

३ मंसिर, जनकपुरधाम ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि दर्ता भएको महाभियोगमाथि छलफल गर्न प्रदेशसभा बैठक डाकिएको छ । आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सहभागिताको लागि प्रदेश सभा सचिवालयले सामाजिक सञ्जालको ग्रुपमार्फत जानकारी पठाएको छ ।

गत कात्तिक २७ गते मधेश प्रदेश सभामा सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदले सभामुख मण्डलविरुद्ध पद अनुकुल आचरण नगरेको भन्दै महाअभियोग प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए । सो विषयमा एक साताभित्र सदनमा छलफल गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । उपसभामुख बबिता राउत ईशरको निर्देशनमा प्रदेश सभा बैठक बोलाइएको हो । सात दलीय गठबन्धनका ३२ जना प्रदेश सांसदले मंगलबार प्रदेशसभा बैठक बोलाउन उपसभामुख ईश्वरलाई ज्ञापनपत्र बुझाएका थिए ।

Post Comment

छुटाउनुभयो कि ?