नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने
३० कात्तिक, काठमाडौं ।
नवगठित नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ । पेरिसडाँडामा बसेको विभिन्न घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका पूर्वपदाधिकारीहरूको बैठकले सातै प्रदेशमा सन्देश सभा गर्ने आयोजना भएको हो । पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्न लागिएको बताए ।

यद्यपि कुन प्रदेशमा कहिले सभा गर्ने भन्नेबारे निर्णय लिन बाँकी रहेको उनले बताए । भोलि (सोमबार) बेलुकीसम्ममा कहाँ कहिले सभा गर्ने भन्नेबारे निर्णय लिइने उनले बताए । ‘सातै प्रदेशमा सन्देश सभा गर्नका लागि हामी सबै पार्टीका नेताहरू समेत बसेर छलफल भएको छ । कहाँ कहाँ कहिले कहिले गर्ने भन्ने केही सुझाव आएका छन्,’ उनले भने, ‘९ गतेदेखि २०/२१ गतेसम्म प्रदेश, महत्त्वपूर्ण स्थान, जिल्लामा सन्देश सभाहरू गर्छौं । आज त्यही विषयमा छलफल भएको हो ।’

त्यस्तै, अर्का नेपा बामदेव गौतमले पनि पार्टी एकताको सन्देश देशैभर पुर्याउनेगरी सभ ागर्न लागिएको जानकारी दिए । ‘हामीले यो सन्देश दिन्छौं, कि नेपालमा हामीले समाजवाद निर्माण गर्छौं । नेपालको संविधानले परिकल्पना र निर्देशन गरेको समाजवाद हामीले निर्माण गरेर देशका जति पनि समस्या छन् त्यसको समाधान हामीले गर्छौं,’ गौतमले भने । बैठकपछि अर्का नेता झलनाथ खनालले पनि समाजवादको बाटोमा अर्जुनदृष्टि बनाएर अघि बढ्ने बताए ।




Post Comment