ललितपुरमा स्कुटर दुर्घटना गराएर ११ लाख बराबरको सिक्री लुट्ने एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
२० पटक हेरिएको
Shares
ललितपुरमा स्कुटर दुर्घटना गराएर ११ लाख बराबरको सिक्री लुट्ने एक जना पक्राउ

सारांश

  • ललितपुरमा अनौठी किसिमको दुर्घटना भएको खुलेको छ ।
  • लुटपाटको योजना बनाएर दुर्घटना गराई ११ लाख बराबरको सिक्री लुटिएको पाइएको छ ।
  • ५ असोजको राति १२ बजेतिर जावलाखेलस्थित चिडियााखानाको पश्चिमतर्फ रहेको मन्दिर नजिक बा५२प १३९२ नम्बरको स्कुटरलाई ठक्कर दिएर योजनाबद्ध तरिकाले दुर्घटना गराइयो छ ।

२६ कात्तिक, काठमाडौं ।

ललितपुरमा अनौठी किसिमको दुर्घटना भएको खुलेको छ । लुटपाटको योजना बनाएर दुर्घटना गराई ११ लाख बराबरको सिक्री लुटिएको पाइएको छ । ५ असोजको राति १२ बजेतिर जावलाखेलस्थित चिडियााखानाको पश्चिमतर्फ रहेको मन्दिर नजिक बा५२प १३९२ नम्बरको स्कुटरलाई ठक्कर दिएर योजनाबद्ध तरिकाले दुर्घटना गराइयो छ । उक्त स्कुटरमा बाग्लुङ घर भएकी ३७ वर्षीय भीमकुमारी सिर्पाली सवार थिइन् । उक्त स्कुटरलाई बा९३प ३७६७ नम्बरको अर्को स्कुटर र नम्बर नखुलेका दुई वटा मोटरसाइकलमा सवार व्यक्तिले ठक्कर दिएर लडाएका थिए ।

सिर्पालीको स्कुटरलाई दुर्घटना गराएर लडाइ उनले गलामा लगाएको ११ लाख रुपैयाँ बराबरको सुनको सिक्री त्यो समूहले लुट्यो । दुर्घटना गराएर आफ्नो सिक्री लुटिएको भन्दै ती महिलाले प्रहरीमा उजुरी दिइन् । ठक्कर दिने नम्बर खुलेको भनिएको स्कुटरमाथि अनुसन्धान गर्दा सोमबार प्रहरीले एक जनालाई पक्राउ गर्‍यो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको शाखा कार्यालय ललितपुरको टोलीले काभ्रेको रोशी गाउँपालिका-७ का ३० वर्षीय गंगेबहादुर तामाङलाई पक्राउ गर्‍यो ।उनीमाथि अनुसन्धान गर्दा अन्य चार जनाको योजनामा यो काम भएको बताएका छन् । बाँकी चार जनाको खोजी भइरहेको प्रहरीले बताएको छ । उनीबाट प्रहरीले ठक्कर दिन प्रयोग भएको बा९३प ३७६७ नम्बरको स्कुटर पनि बरामद गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुधबार बिहानसम्म हजारौं महिलाहरुले राजदेवी मन्दिरमा खोइँच भरे
बुधबार बिहानसम्म हजारौं महिलाहरुले राजदेवी मन्दिरमा खोइँच भरे
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह
इन्डोनेसियामाथि फराकिलो जितसहित नेपाल सेमिफाइनलमा
इन्डोनेसियामाथि फराकिलो जितसहित नेपाल सेमिफाइनलमा
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य, किशोरले लिए ४ विकेट
सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य, किशोरले लिए ४ विकेट
मकवानपुरमा महिला गोल्डकप बैशाख १९ देखि
मकवानपुरमा महिला गोल्डकप बैशाख १९ देखि
स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन
स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन
सरकारले बन्द गर्ने निर्णय गरेपछि सम्पर्कमा आयो फेसबुक
सरकारले बन्द गर्ने निर्णय गरेपछि सम्पर्कमा आयो फेसबुक
विद्यार्थीलाई नेपाली भाषामा कुरा गर्न दिन महानगरको परिपत्र
विद्यार्थीलाई नेपाली भाषामा कुरा गर्न दिन महानगरको परिपत्र
गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्छ : प्रचण्ड
गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्छ : प्रचण्ड