रामेछापको उमाकुण्डमा भाइरल फ्लुको संक्रमण हुँदा विद्यालय बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
३३ पटक हेरिएको
Shares
रामेछापको उमाकुण्डमा भाइरल फ्लुको संक्रमण हुँदा विद्यालय बन्द

सारांश

  • रामेछापको उमाकुण्ड गाउँपालिकामा भाइरल फ्लुको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ ।
  • गाउँपालिकाभित्रका विद्यालयहरूमा विद्यार्थी सामूहिक रूपमा बिरामी परेपछि जनस्वास्थ्यमा चुनौती बढेको छ ।
  • भाइरल संक्रमणका बिरामीहरू बढेपछि उमाकुण्ड–४, प्रितीस्थित चण्डेश्वरी माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

२६ कात्तिक, रामेछाप

रामेछापको उमाकुण्ड गाउँपालिकामा भाइरल फ्लुको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ । गाउँपालिकाभित्रका विद्यालयहरूमा विद्यार्थी सामूहिक रूपमा बिरामी परेपछि जनस्वास्थ्यमा चुनौती बढेको छ । भाइरल संक्रमणका बिरामीहरू बढेपछि उमाकुण्ड–४, प्रितीस्थित चण्डेश्वरी माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । विद्यालयका प्रधानाध्यापक रुद्रकुमार जेस्पुचाका अनुसार मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले सङ्क्रमणको जोखिम नियन्त्रणका लागि कार्तिक २६ देखि २८ गतेसम्म पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो ।

विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूमा ज्वरो, खोकी, टाउको दुख्ने र बान्ता हुनेजस्ता लक्षण देखिन थालेपछि विद्यालय प्रशासनले यस्तो कदम चालेको प्रधानाध्यापक जेस्पुचाले बताए । उनका अनुसार कात्तिक ३० गते आइतबारदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै विद्यालय पुनः सञ्चालन गर्ने तयारी गरिएको छ । मंगलबारसम्म विद्यालयमा अध्ययनरत ३ सय ६९ विद्यार्थीमध्ये १ सय ८५ जना बिरामी परेका छन् । उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवारका अनुसार गाउँपालिकाभित्र भाइरल फ्लुसँगै सर्ने खालका ब्याक्टेरियाका संक्रमणहरू पनि देखिएका छन् । ‘हाल गाउँपालिकाका सातै वडामा १ सय ३९ महिला र १ सय ४४ पुरुष गरी २ सय ८३ जना भाइरल फ्लुका बिरामी उपचारमा छन्,’उनले बताए ।

उनका अनुसार गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा गरी ४ सय १३ विद्यार्थी बिरामी परेका छन् । ‘अधिकांश बिरामीमा ज्वरो, खोकी, टाउको दुख्ने, शरीर जोर्नी दुख्ने, र बान्ता हुनेजस्ता लक्षण देखिएका छन्,’स्वास्थ्य शाखा प्रमुख सुनुवारले बताए । उनका अनुसार केही बिरामीमा सर्ने खालको कडा ब्याक्टेरिया पनि भेटिएको छ । त्यसैले उच्च सतर्कता अपनाउन र विद्यालय तथा सार्वजनिक स्थानहरूमा भीडभाड कम गर्न गाउँपालिकाले अभिभावक, विद्यार्थी र स्थानीय बासिन्दालाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनपछि सोमबारदेखि देशभरका फिल्म हल खुल्ने
जेनजी आन्दोलनपछि सोमबारदेखि देशभरका फिल्म हल खुल्ने
एमालेले टुंगो लगायो समानुपातिक सांसद, को-को परे ?
एमालेले टुंगो लगायो समानुपातिक सांसद, को-को परे ?
संघीय सञ्चिति कोष दुई खर्ब घाटामा, एकैवर्षमा १५ खर्ब २३ अर्ब खर्च
संघीय सञ्चिति कोष दुई खर्ब घाटामा, एकैवर्षमा १५ खर्ब २३ अर्ब खर्च
इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु
इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान
घनश्याम भुसालको कटाक्ष- देशको दुर्भाग्य, ओली अझै पनि ‘केपी बा आई लभ यू’ भन्ने मान्छे खोज्दैछन्
घनश्याम भुसालको कटाक्ष- देशको दुर्भाग्य, ओली अझै पनि ‘केपी बा आई लभ यू’ भन्ने मान्छे खोज्दैछन्
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म भ्वाइस र एसएमएस सेवा निःशुल्क गर्ने टेलिकमको घोषणा
भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म भ्वाइस र एसएमएस सेवा निःशुल्क गर्ने टेलिकमको घोषणा
मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टियो, ३८ जना घाइते
मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टियो, ३८ जना घाइते
हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ
हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ