पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
२८ पटक हेरिएको
Shares
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

सारांश

  • म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटकहरूले भ्रमण गरेका छन् ।
  • गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरूको चाप भएको थियो ।
  • उक्त अवधिमा दैनिक दुईसयदेखि पाँच सयसम्म पर्यटकहरू यहाँ आएको अन्नपूर्ण प्रथम आधार शिविर पुग्ने ‘मौरिस हर्जोग’ पदमार्ग अन्तर्गत हुमखोलामा होटल व्यवसाय गर्दै आएका पर्यटन व्यवसायी तेज गुरुङले जानकारी दिए।

२० कात्तिक, म्याग्दी ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटकहरूले भ्रमण गरेका छन् । गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरूको चाप भएको थियो ।उक्त अवधिमा दैनिक दुईसयदेखि पाँच सयसम्म पर्यटकहरू यहाँ आएको अन्नपूर्ण प्रथम आधार शिविर पुग्ने ‘मौरिस हर्जोग’ पदमार्ग अन्तर्गत हुमखोलामा होटल व्यवसाय गर्दै आएका पर्यटन व्यवसायी तेज गुरुङले जानकारी दिए।

उनका अनुसार, दसैँ–तिहार र छठ पर्व बिदाका अवसरमा अन्नपूर्ण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक आएका हुन् ।  गत वर्षदेखि यस पदमार्ग अन्तर्गत हुमखोला, फुतफुते झरना, साँधिखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्ड ताल परिसरमा पर्यटकहरुको सुविधाकालागि होटलहरू सञ्चालनमा आएका छन् । नारच्याङदेखि हुमखोलासम्म सडक सञ्जालको पहुँचपुगेको र त्यहाँबाट आधार शिविरसम्म केही पदमार्ग निर्माण भएकाले दुई दिनमै पदयात्रा पुरा गर्न सकिने भएपछि यस पदमार्ग अहिले आन्तरिक पर्यटकहरुका रोजाइमा छ ।  पदमार्ग सञ्चालनमा आएको छोटो अवधिमै यस क्षेत्रमा पर्यटकहरूको आगमन बढेपछि पर्यटन व्यवसायहरू उत्साहित बनेका छन् ।

अन्नपूर्ण आधार शिविरमा रहेको मनमोहक पञ्चकुण्ड ताल, पदमार्गमा पर्ने फुतफुते लगायतका झरना, मिस्त्रीखोलाको रमणीय दृष्यहरू हेर्न देशका विभिन्न ठाउँबाट युवायुवतीहरूको यस क्षेत्रको भ्रमणमा आउनेक्रम बढेको छ ।  अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रको प्राकृतिक सौन्दर्यताको प्रचार प्रसार, पूर्वाधार निर्माण र आधारभूत खाना बस्नको सुविधाले पर्यटकहरूको आगमन बढाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । उनका अनुसार, अन्नपूर्ण हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा गत वर्ष गाउँपालिकाको अगुवाईमा नारच्याङदेखि आधार शिविरमा मनाईएको ‘अन्नपूर्ण हीरक जयन्ती महोत्सव’ले यस क्षेत्रको प्रचार प्रसारमा व्यापकता गराएको हो । उनले भने, ‘अहिले आधार शिविर क्षेत्रमा रहेका होटलको क्षमताभन्दा बढी पर्यटकहरूको आगमन भयो, हामीले यसलाई थप व्यवस्थित गर्नेतर्फ योजना बनाएका छौँ,

 

भुसकेट मेलादेखि पञ्चकुण्ड तालको बीचमा पनि थप एक होटल सञ्चालनमा ल्याउनका लागि एक्यापसंग समन्वय गर्न लागेका छौँ, पर्यटकहरूको बसाइलाई सहज बनाउनु हाम्रो पहिलो दायित्व हो ।’ अन्नपूर्ण गाउँपालिकाले यस पदमार्गको आधार शिविर क्षेत्रमा सञ्चार र विद्युतको पहुँच पुर्‍याउन समेत आवश्यक पहल थालेको छ ।  पर्यटकहरूको आगमन बढेसँगै पदमार्ग र आधार शिविर क्षेत्रमा फोहोर बढेको कारण गाउँपालिकाले सरसफाइ अभियन्ताहरूको टोलीलाई आधार शिविरमा खटाउने तयारी समेत गरेको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिए । अन्नपूर्ण आरोहण दिवसलाई निरन्तर रुपमा मनाउने प्रवन्ध मिलाएको गाउँपालिकाले आधार शिविर पुग्ने पदमार्गलगायतका पूर्वाधार स्तरोन्नतीका लागि चालु आर्थिक बर्षमा विनियोजन गरेको २० लाख बजेट परिचालनगर्ने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिट भिसामा विदेश जानेहरुका लागि आजदेखि नयाँ नियम
भिजिट भिसामा विदेश जानेहरुका लागि आजदेखि नयाँ नियम
भूकम्प प्रभावित क्षेत्रमा प्रयोग भएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने
भूकम्प प्रभावित क्षेत्रमा प्रयोग भएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने
गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ। 
गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ। 
नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक
नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक
नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह
नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह
चितवनमा पाँच सयभन्दा बढीमा डेंगु सङ्क्रमण
चितवनमा पाँच सयभन्दा बढीमा डेंगु सङ्क्रमण
रेशमलाई पक्रन पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट पक्राउ
रेशमलाई पक्रन पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट पक्राउ
पक्राउ पुर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा
पक्राउ पुर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा
निर्वाचनको वातावरण बनाउन समस्याको समाधान गर्दै जानुपर्छ: अध्यक्ष दाहाल
निर्वाचनको वातावरण बनाउन समस्याको समाधान गर्दै जानुपर्छ: अध्यक्ष दाहाल
ललितपुरमा जर्मन नागरिक मृत भेटिइन्
ललितपुरमा जर्मन नागरिक मृत भेटिइन्