तुइन खोला नजिक ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक बन्द
१४ कात्तिक, काठमाडौं ।
मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको छ ।सडक डिभिजन कार्यालय चितवनका अनुसार ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगाहरू झर्ने क्रम रोकिएपछि सडक खुलाउने कार्यालयले जनाएको छ ।
वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न पनि कार्यालयले अनुरोध गरेको छ । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिक यसअघि सुक्खा पहिरो जाँदा लगातार तीन दिनसम्म सवारी आवागमन बन्द भएको थियो ।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान





Post Comment