Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आइसीसी विश्वकप लिग-२: आज नेपाल र युएई भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १३, २०८२
|
|
४७ पटक हेरिएको
Shares
आइसीसी विश्वकप लिग-२: आज नेपाल र युएई भिड्दै

सारांश

  • आईसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र युएइबीच खेल हुदैछ ।
  • दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुदैछ ।
  •   यस सिरिजमा नेपाल र युएई दुवै अमेरिकासँग हार बेहोरेका छन् ।

 

काठमाडौं । आईसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र युएइबीच खेल हुदैछ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुदैछ ।

 

यस सिरिजमा नेपाल र युएई दुवै अमेरिकासँग हार बेहोरेका छन् । नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने युएईले अमेरिकासँग ४ विकेटको हार बेहोरेको थियो ।

नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १५ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ ।

 

नेपाल हाल विश्वकप लिग-२ को अंक तालिकामा सातौं स्थानमा छ । १७ खेलमा ५ जित र १० हारसहित नेपालको १२ अंक छ । त्यस्तै १७ खेल खेलेको युएईको केबल ६ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

 

यस सिरिजका लागि छानिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग हुने यस त्रिकोणात्मक सिरिजमा अक्टोबर २६ आइतबार नेपाल र अमेरिका, अक्टोबर २८ मंगलबार युएई र अमेरिका, अक्टोबर ३० विहिबार नेपाल र युएई, नोभेम्बर १ शनिबार नेपाल र अमेरिका, नोभेम्बर ३ सोमबार युएई र अमेरिका र नोभेम्बर ६ बुधबार नेपाल र युएई खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल मोबाइल ब्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व
नेपाल मोबाइल ब्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व
महानगरपालिकाद्वारा बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट
महानगरपालिकाद्वारा बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट
२२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ को मृत्यु
२२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ को मृत्यु
पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु
पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु
२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार
२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार
लिचीबारी घूस प्रकरण: तत्कालीन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लिचीबारी घूस प्रकरण: तत्कालीन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
भूमि विधेयक संसदीय समितिबाट पारित
भूमि विधेयक संसदीय समितिबाट पारित
बालुवाटारमा सत्ता पक्षीय दलहरूको बैठक
बालुवाटारमा सत्ता पक्षीय दलहरूको बैठक
तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग
तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित